शेयर बजारमा हरियाली, चार कम्पनीको शेयरमूल्य दश प्रतिशतले बढ्यो

Jan 15, 2019 Merolagani

मंगलबारको शेयर बजारमा हरियाली छाएको छ । कारोबारमा आएका सबै समूहको सूचक उकालो लाग्दा समग्र नेप्से दोहारो अंकले बढेको छ भने कारोबार रकममा समेत सुधार आएको छ । बजारमा हरियाली छाउँदा चार कम्पनीको शेयरमूल्य दश प्रतिशतका दरले बढेको छ ।

पुष मसान्त सकिएसँगै करको झन्झटबाट मुक्त पाएका लगानीकर्ताले शेयरमा लगानी बढाउदा बजारमा सकारात्मक प्रभाव परेको हो । अर्कातर्फ नागरिक लगानीकोष तथा अपर तामाकोशी लगायतको शेयरमूल्य दश प्रतिशतको हाराहारीमा बढ्दा समग्र बजार उच्चाल्न टेवा पुगेको हो ।

मंगलबार बजार खुले देखि लगातार बढेको नेप्से १७.५१ अंकले बढेर ११९५.५४ अंकमा पुगेको छ । यस दिन १५८ कम्पनीको ८ लाख ३५ हजार २३९ कित्ता शेयर ३९ करोड ७३ लाख रुपैयाँमा खरिद बिक्री भयो ।

यस दिन कारोबारमा आएका सबै उप समूहहरुको सूचकमा हरियाली छाएको छ भने र्निजीवन बीमा उप समूहको सूचक सबै भन्दा धेरै २३२.९२ अंकले बढेको छ ।

जीवन बीमा उप समूह १९७.०९, लघुवित्त ५३.५४, जलविद्युत ५२.७७, विकास बैंक १६.७५, अन्य ११.५५, होटल ६.५, बैंकिङ्ग ५.०४, व्यापार २.८७ र उत्पादन मूलक उप समूहको सूचक २.६५ अंकले सकारात्मक रह्यो ।

मंगलबार नागरिक लगानी कोषको सबै भन्दा धेरै रकमको शेयर कारोबार भएको छ भने नेपाल बैंकको सबै भन्दा धेरै शेयर किनबेच भयो । नागरिक लगानीकोषको २८ हजार ५१० कित्ता शेयर आठ करोडमा खरिद बिक्री भएको छ । नेपाल बैंकको ६४ हजार ४९ कित्ता शेयर एक करोड ९१ लाख रुपैयाँमा किनबेच भयो ।

यसदिन चार वटा कम्पनीको शेयरमूल्य झण्डै दश प्रतिशतका दरले बढेको छ । जसमा नागरिक लगानी कोष, ग्रमिण विकास लघुवित्त, माथिल्लो तामाकोशी र अरुण कावेलीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढोत्तरी भएको छ ।

साथै सिटी एक्सप्रेस, फरर्वाड कम्यूनिटी माइक्रोफाइनान्स,सांग्रिला डेभलपमेन्ट बैंक, मेरो माइक्रोफाइनान्स र प्रूडेन्सियल इन्स्योरेन्स लगायतको शेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ ।

त्यसैगरी, सिद्धार्थ इक्यिूट फण्ड र गण्डकी विकास बैंकको शेयर मूल्य दुई प्रतिशतले घटेको छ । साथै हिमालयन डिस्टिलरी, अरुण भ्याली, गोर्खाज् फाइनान्स, मल्टिपर्पर्स फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, जेविल्स फाइनान्स, बैंक अफ काठमाण्डू र पोखरा फाइनान्सको शेयर मूल्य एक प्रतिशत भन्दा धेरैले घटेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।