एनएमबि माइक्रोफाइनान्सको खुद नाफामा ४३% गिरावट, निक्षेप संकलनमा प्रगति

Jan 16, 2019 Merolagani

एनएमबि माइक्रोफाइनान्स (NMBMF) को चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफामा ब्याज र कर्मचारी खर्चको भार तथा नोक्सानी व्यवस्थाको कारण ४३.१८ प्रतिशतको गिरावट देखिएको छ। कम्पनीले निक्षेप संकलनकाे आकार भने ६१ प्रतिशतले फराकिलाे बनाएकाे छ ।

लघुवित्त कम्पनीले बुधबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार ६ महिना अवधिमा कम्पनीको खुद नाफा एक करोड तीन लाखमा खुम्चिएको छ। गत आवको यसै अवधिमा कम्पनीले एक करोड ८१ लाख खुद नाफा आर्जन गरेको थियो । 

समीक्षा अवधिमा १५ प्रतिशतले पूँजी बढाएको कम्पनीको हाल १६ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी छ । माईक्रोफाइनान्सले जगेडा कोषमा ९ करोड ७० लाख रुपैयाँ सञ्चित गरेको छ ।

पुस मसान्तसम्म माईक्रोफाइनान्सले निक्षेपको आकार ६१. ४६ प्रतिशतले बढाउँदा कर्जा लगानी २१.५९ प्रतिशतले बढाएको छ । यस अवधिमा कम्पनीले ८६ करोड ४४ लाख रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ४५ करोड ४९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । उसले बैंकहरुबाट एक अर्ब ८० करोड ७४ लाख सापटी लिएको छ ।

माइक्रोफाइनान्सले यसअवधिमा खुद ब्याज आम्दानी ८ करोड ९५ लाख रुपैयाँ गरेको छ । यो गत बर्ष भन्दा १०.३३ प्रतिशतले बढी हो । लघुवित्तको ब्याज आम्दानी २१.६५ प्रतिशतले बढ्दा ब्याज खर्च ३१.१४ प्रतिशतले बढेको छ ।

माइक्रोफाइनान्सको निष्कृय कर्जा अनुपात २.३३ बाट बढेर २.८९ प्रतिशत पुगेको छ । यसले कम्पनीको नोक्सानी व्यवस्था गत आवको यसै अवधिको तुलनामा ५२ प्रतिशतले बढेर दुई करोड २२ लाख पुगेको छ । यसको असर लघुवित्तको खुद नाफामा परेको छ । यस्तै लघुवित्तको कोषको लागत ९.६० बाट बढेर १०.०८ प्रतिशतमा पुगेको छ भने कर्मचारी खर्च गत आवको यसै अवधिको तुलनामा एक करोड ५५ लाखले बढेको छ । जसले नाफा घटेको हो ।

पूँजी वृद्दि र नाफामा गिरावटले यस अवधिमा लघुवित्तको प्रति शेयर आम्दानी १२ रुपैयाँ ७४ पैसामा झरेको छ। गत आवको यसै अवधिमा कम्पनीको २५ रुपैयाँ ७९ पैसा इपिएस थियो। लघुवित्तको मूल्य आम्दानी अनुपात ९०.१६ गुणा र प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ८८ पैसा छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।