सिटी एक्सप्रेस फाइनान्सको खराब कर्जा घट्यो, प्रतिशेयर नेटवर्थ ४१.५७ रुपैयाँ मात्र

Jan 16, 2019 Merolagani

समस्याग्रस्त संस्था कुबेर मर्चेन्टलाई किनेर बनेको सिटी एक्सप्रेस फाइनान्स (CEFL) ले खराब कर्जा असुलीलाई प्राथमिकतामा राख्दै आफूलाई सुधार गर्दै लगेको छ। गत आवको दोस्रो त्रैमासमा शतप्रतिशत अनुपात रहेको फाइननान्सकाे खराब कर्जा अहिले २५.३४ प्रतिशतमा झरेको छ।

नोक्सानी व्यवस्था, कर्मचारी र सञ्चालन खर्चले दुई करोड ६ लाख सञ्चालन नोक्सनीमा रहेको फाइनान्स व्यवस्थापनले दुई करोड ९५ लाख रुपैयाँ खराब कर्जा उठाएपश्चात कम्पनीले ८० लाख १० हजार नाफा गर्न सफल भएको हो ।

गत वर्ष यसै अविधमा ३ कराेड ७९ लाख रूपैयाँ खराब कर्जा उठाएपश्चात फाइनान्स २ कराेड ८२ लाख खुद नाफामा पुगेकाे थियाे । 

३२ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९५ पैसा रहेको छ । उसको जगेडा कोष अझै १९ करोड २८ लाखले ऋणात्मक रहेको छ ।

राष्ट्र बैंकले कर्जा प्रवाहमा रोक लगाएका कारण तथा निक्षेप फिर्ता र पुरानो कर्जा असुली कार्य मात्र गर्दै आएको छ । जसको कारण फाइनान्सको प्रतिशेयर नेटवर्थ ४१ रुपैयाँ ५७ पैसा मात्र रहेको छ । गत वर्ष भने फाइनान्सको नेटवर्थ ३७ रुपैयाँ ३ पैसा थियो ।

यस अवधिमा फाइनान्ससँग ५ कराेड ७४ लाख निक्षेप र ९ कराेड ३३ लाख कर्जा परिचालन भएकाे छ । यसबाट गत आवकाे यसै अविधमा ७५ लाख खुद ब्याज आम्दानी नाेक्सानीमा रहेकाेमा ६० लाख नाफा गरेकाे छ । 

तत्कालीन कुबेर मर्चेन्ट फाइनान्स २०७४ मंसिर २४ गतेदेखि समस्याग्रस्त संस्थाबाट मुक्त बनेको थियो । फाइनान्सले केही समय अघि भदाैमा पूँजी वृद्धि गर्न १६७ प्रतिशत हकप्रद जारी गरेको भ्एपनि साे हकप्रद सबै बिक्री नभएकाले पूँजीकरण गरेकाे छैन ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।