बैंकको पुस २८ गते बसेको सञ्चालक समितिको १३० औं बैठकले सलार्हिको मलंगवा ८ स्थित होटेल कुसुम एण्ड पार्टि प्यालेसमा साधारण सभा आह्वान गरेको हो ।
साधारण सभामा बैंकले चुक्ता पूँजी ७ करोड २९ लाख ९४ हजार ८०० रुपैयाँको २३ प्रतिशत अर्थात एक करोड ६७ लाख ८८ हजार ८०४ रुपैयाँ बोनस शेयर तथा कर प्रयोजनका लागि १.२१ प्रतिशत (चार लाख ७२ हजार ५४५ रुपैयाँ) नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ ।
तयसैगरि बैंकले मर्जर तथा प्राप्ती सम्बन्धमा छलफल गरि पारित गर्ने तथा देव विकास बैंकसँग प्राप्ती सम्बन्धमा छलफल गरि अावश्यक निणर्य गर्ने विशेष प्रस्ताव गरेकाे छ । मर्जर तथा प्राप्ती सम्बन्धमा आवश्यक सम्झाैता गर्न सञ्चालक समितिलाइ अख्तियारी प्रदान गर्ने लगायतका एजेण्डा सभामा रहेकाे छ ।