वोमी माइक्रोफाइनान्सको प्रगतिले जगायो आशा, इपिएस ५२ रुपैयाँ नजिक

Jan 17, 2019 Merolagani

-खुद नाफा झण्डै ४२ प्रतिशतले बढ्यो
वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (WOMI) ले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरणमा सबै सूचाङ्कमा उत्साहप्रद प्रगति देखिएको छ। यस अवधिमा लघुवित्तको खुद नाफा ४१.९७ प्रतिशतले बढेर २ करोड ६२ लाख ५३ हजार पुगेको छ।

गत आवको दोस्रो त्रैमासमा लघुवित्तले १ करोड ८४ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कर्जा लगानीबाट खुद ब्याज आम्दानी तथा सञ्चालन मुनाफा बढेपछि कम्पनीको खुद नाफामा बढोत्तरी भएको हो । कम्पनीको जगेडा कोषको आकार ४ करोड ४४ लाखबाट ७ करोड ५५ लाख पुगेको छ ।

कम्पनीले सञ्चालन मुनाफामा पनि ४२ प्रतिशतको उल्लेखनीय बढोत्तरी गर्दै खराब कर्जाको अनुपात घटाएर सुधार गरेको छ । गत बर्ष दुई करोड ९० लाख सञ्चालन नाफा गरेकोमा ४ करोड १२ लाख पुगेको छ भने कम्पनीले गत वर्ष रहेको ०.८४ प्रतिशतको खराब कर्जा अनुपात ०.७३ प्रतिशतमा सीमित गरेको छ ।

नाेट: पूँजी, जगेडा, निक्षेप,कर्जा, खुद ब्याज आम्दानी, सञ्चालन र खुद नाफा हजारमा उल्लेख गरिएकाे छ ।

गत आर्थिक वर्षमा ७ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सले १० करोड १० लाख ८८ हजार चुक्ता पूँजी पुर्याएको छ ।

चुक्ता पूँजीसँगै समानुपातिक रुपमा खुद नाफा बढेपछि गत वर्ष रहेको ४७ रुपैयाँ ५६ पैसा रहेको लघुवित्तको प्रतिशेयर आम्दानी ५१ रुपैयाँ ९४ पैसामा बढोत्तरी भएको छ । उसको प्रतिशेयर नेटवर्थ १७४ रुपैँयाँ ७३ पैसा छ भने मूल्य आम्दानी अनुपात २१.८३ गुणा रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।