नेपाल बैंकका शेयरधनीले यो वर्ष पनि लाभांश पाउने सम्भावना टर्यो

Jan 17, 2019 Merolagani

नेपाल बैंक (NBL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई आकर्षक बोनस बाँड्ने तयारी गर्दै गर्दा राष्ट्र बैंकले बैंकलाई रेगुलेटरी रिजर्भ कायम गरेर मात्र लाभांश वितरण गर्न निर्देशन दिएको छ । यो सँगै देशकै जेठो बैंकले २२ वर्षपछि बाँड्ने लाभांश टरेको छ ।

राष्ट्र बैंकले नेपाल बैंकलाई एनएफआरएसको नयाँ व्यवस्था अनुसार बैंकलाई रेगुलेटरी रिजर्भमा नाफा राख्न भनेपछि बैंकले गत आर्थिक वर्षको नाफाबाट कुनै पनि लाभांश वितरण गर्न नसक्ने भएको हो ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण प्रसाद पौडेलले नेपालमा पहिलो पटक एनएफआरएस लागू भएको सन्दर्भमा नेपाल बैंकलाई मात्र नभएर सबै बैंकलाई केन्द्रीय बैंकले रेगुलेटरी रिजर्भ कायम गरेपछि मात्र लाभांश वितरण गर्न निर्देशन दिने गरेको बताए ।

उनले भने राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएको भन्दापनि एनएफआरएस प्रणाली अनुरुप व्यवस्था गर्न भनेका हौं। रेगुलेटरी रिजर्भ कायम गरेपछि लाभांश बाँड्न मिल्ने नमिल्ने बोर्डले पछाडि निर्णय लिने बताए ।

नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत देबन्द्र प्रताप शाहले बैंकको ब्लालेन्स सिट स्वीकृत भइनसकेको भन्दै राष्ट्र बैंकले अहिले रेगुलेटरी रिजर्भ कायम गरेर मात्र लाभांश वितरण गर्न निर्देशन दिएको बताए। राष्ट्र बैंकले ब्यालेन्स सिट स्वीकृत भएपश्चात मात्र लाभांश बाँड्न मिल्न वा नमिल्ने थाहा हुने उनले बताए ।

बैंकले गत असारमा एक करोड ७६ लाख कित्ता १८० रुपैयाँ प्रिमियम मूल्यमा बिक्री गर्दा तीन अर्ब १८ करोड रुपैयाँ संकलन गरेको थियो । यसबाट बैंकले आकर्षक लाभांश वितरण गर्ने यसअघि बताइएको थियो ।

बैंकले २१ बर्षपछि बैंकले लाभांश बाँड्ने घोषणाले विगत केही अवधियता बैंकको उच्च कारोबार हुँदै आएको थियो । तर लाभांश वितरणमा राष्ट्र बैंक बाधक बन्दा यो वर्षमा पनि शेयरधनी लाभांश पाउनबाट बञ्चित हुनुपर्ने अवस्था आएको हो ।

एनएफआरएस प्रणाली अनुरुप बैंकको जगेडा कोषमा गत असारको तुलनामा भारी गिरावट देखिएको थियो । नयाँ व्यवस्था अनुरुपको जगेडा कायम गर्दा बैंकलाई यो वर्ष लाभांश बाँड्न स्वीकृत पाउने सम्भावना लगभग सकिएको बताइन्छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।