साना किसानको बोनसपश्चात शेयरमूल्य समायोजन

Jan 17, 2019 Merolagani

साना किसान विकास लघुवित्त वित्तीय संस्था (SKBBL) को माघ ३ गते बिहीबार नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य समायोजन भएको छ । लघुवित्तको २५ प्रतिशत बोनसको बुकक्लोजसँगै मूल्य समायोजन भएको हो ।

नेप्सेले लघुवित्तको २५ प्रतिशत बोनस शेयरपश्चात प्रतिकित्ता ८६५ रुपैयाँ ६० पैसा समायोजित शेयरमूल्य निर्धारण गरेको हो । यहि मूल्यबाट कम्पनीको बिहीबार कारोबार सुरु भएको हो ।

नेप्सेमा १८० दिन कारोबार भएको मुल्यका आधारमा लघुवित्तको औसत आधार मूल्य भने ९९८ रुपैयाँ ८० पैसा कायम भएको छ ।

लाभांश पारित गर्न साना किसानले माघ १८ गतेको सत्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी ७८ करोड ६० लाख ३४ हजार पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।