तारागाउँ होटलको सूचीकरण स्थगन फुकुवा, प्रभावकारी सूचना प्रवाह गर्न निर्देशन

Jan 17, 2019 Merolagani

नेपाल स्टक एक्सचेञ्जले तारागाउँ रिजेन्सी होटल (TRH) को धितोपत्र सूचीकरण स्थगन फुकुवा गरेको छ। धितोपत्र बजारमूल्यलाई प्रभाव पार्ने सूचना समयमा नै उपलब्ध नगराएको भन्दै पुस ३० गते होटल्सको सूचीकरण स्थगन भएको थियो ।

नेप्सेले होटलले पेश गरेको स्पष्टीकरणहरु संतोषजनक नदेखिएपनि लगानीकर्ताको हितलाईध्यान दिँदै धितोपत्र स्थगन फुकुवा गरेको हो। यस अनुसार कम्पनीको कारोबार सुचारु माघ ३ गते बिहीबारबाट सुरु भएको छ ।

कम्पनीले सञ्चालक समितिको बैठक बसेर गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेर लामो समयसम्म सार्वजनिक जानकारीमा ल्याएको थिएन । होटलले पुस २४ गतेको निर्णय ३० गतेमात्र नेप्सेमा जानकारी पठाएपछि नेप्सेले २४ भण्टे स्पष्टिकरण माग्दै सूचीकरण स्थगन गरेको थियो ।

कम्पनीहरूले धितोपत्रको बजारमूल्यमा प्रभाव पार्ने सूचना सम्प्रेषण गर्दा नेप्से र सम्बन्धित कम्पनीबीच भएको सूचीकरण सम्झौता अनुसार पालन गर्न निर्देशन दिएको छ ।

धितोपत्र व्यवस्था सम्बन्धी सम्पुर्ण प्रावधान पालना गर्न र आम लगानीकर्ताले यस्ता सूचना प्रभावकारी रुपमा पाउने अधिकार चुस्त र दुरुस्त कायम राख्न कडा निर्देशन दिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।