म्यान्नुअल कारोबारलाई नेप्सेको प्रणालीले नियमित कारोबार ठानेपछि ...

Jan 17, 2019 Merolagani

बेस्ट फाइनान्स (BFC) को केही समय पहिले भएको कारोबारमा पनि त्रुटी देखिएको छ । स्वचालित अनलाइन कारोवार प्रणालीको सुरुवातसँगै देखिन थालेका यस किसिमका त्रुटीले तथ्यांकमा समेत असर पार्न थालेको छ । फाइनान्सको म्यान्नुअल कारोबारलाई सामान्य कारोबार सरह गणना गरे पछि शेयरमूल्यका साथै डाटा प्रभावित बनेको हो ।

मंसिर २५ गते बजार बन्द हुँदा बेष्ट फाइनान्सको ७० कित्ता शेयर १०० रुपैयाँको दरमा कारोवार भएको थियो । त्यसपछि सो फाइनान्सको शेयर एकैपटक पुष १९ गते अर्थात जनवरी ३ मा भएको थियो । प्रणालीमा एकै पटक फाइनान्सको शेयर १०० रुपैंयाबाट ८० रुपैंया प्रतिकित्तामा झरेर कारोबार भएको देखिन्छ । यो कसरी भयो भन्ने प्रश्नमा नेप्सेले उक्त दिन ५९०० कित्ता म्यान्नुअल कारोबार भएको हो, भनेको छ ।

म्यान्नुअल कारोबारको मूल्य नियमित कारोबारलाई असर पार्ने किसिमको नहुनु पर्नेमा उक्त कारोबारले त्यस पछिका कारोबारलाई ८० रुपैंया मूल्यलाई नै निरन्तरता दिएको छ । म्यान्नुअल कारोबार भएको भनिएको दिन पनि अधिकतम र न्युनतम मूल्य १ सय रुपैंया देखाएर ८० रुपैंयाको दरमा एउटा मात्र कारोबार भए पछि झनै समस्या देखिएको हो ।

अघिल्लो दिनको कारोबारको अन्तिम मूल्यभन्दा पाँच प्रतिशतले घटेर लगानीकर्ताले कुनै पनि सेयरको कारोबार गर्न सक्छन् । साथै नियमानुसार २ प्रतिशतसम्म मूल्य घटेर बजारमा एक पछि अर्को कारोवार गर्न सक्छन् । तर उल्लेखित २ व्यवस्था फाइनान्सको शेयरमूल्यमा लागू भएको देखिँदैन ।

उल्लेखित दृष्यमा जनवरी ३ कादिन २० प्रतिशतले शेयरमूल्य घट्नु, अधिक र न्युनतम मूल्य १०० देखाएर ८० रुपैंयामा कारोबार हुनु बाहिरी त्रुटी हुन् । ५९०० कित्ता शेयर म्यान्नुअल कारोबार हुँदा बजार मूल्य प्रभावित बनाइनु अर्को त्रुटी हो । त्यस पछिका कारोबार दिनमा फाइनान्सको शेयर १०० रुपष्ैंया हाराहारीमा कारोबार हुनु पर्नेमा ८० रुपैंयाको हाराहारीमा कारोबार हुनु अर्को त्रुटी हो ।

जनवरी ३ सम्म भएको कारोबारलाई सहज मान्न सकिए पनि त्यस पछिका कारोबार र प्रणालीमा देखिएको समस्या भने महत्वपूर्ण मानिएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।