माछापुच्छ्रे बैंकको खुद नाफामा ६० प्रतिशत बढोत्तरी, फ्रि प्रोफिट कति ?

Jan 18, 2019 Tirtha Raj Poudyal

माछापुच्छ्रे बैंक (MBL) को खुद नाफा चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ६०.५९ प्रतिशतले बढोत्तरी भएको छ। गत आवको यसै अवधिमा ४८ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले ७८ करोड १३ लाख नाफा कमाएको हो ।

यद्यपी दोस्रो त्रैमासिक प्रतिवेदन प्रकाशन गरेका एनआईसी एशिया र एभरेष्ट बैंकभन्दा खुद नाफामा माछापुच्छ्रे बैंक पछाडि छ । 

८० करोड ३६ लाख लाभांश क्षमता

बैंकले शुक्रबार प्रकाशन गरेको नेपाल फाइनान्सीयल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) प्रतिवेदनमा ८० करोड ३६ लाख वितरण योग्य नाफा आर्जन गरेको उल्लेख छ । खुद नाफाबाट दुई करोड २२ लाख रेगुलेटरी एड्जस्टमेन्ट वापत थपिएपछि बैंकको लाभांश क्षमता बढेको हो ।

गत बर्ष यसै अवधिमा बैंकले ४७ करोड १८ लाख रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा ७०.३१ प्रतिशतले वितरण योग्य नाफा बढाएको हो ।

राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने वितरण योग्य नाफा (फ्रि प्रोफिट) रकम बैंकले केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकमा व्यवस्था गरेर सेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्छ ।

नोट:रकमलाई हजारमा देखाइएको छ ।

प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३२ पैसा बढ्यो

गत आवको नाफाबाट नगद लाभांश वितरण गरेपछि समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी स्थिर रहँदा प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८ पैसाबाट १९ रुपैयाँ ४० पैसामा बढोत्तरी भएको छ ।

बैंकको प्रतिसेयर नेटवर्थ १२८ रुपैयाँ २१ पैसा कायम भएको छ भने मूल्य आम्दानी अनुपात १०.६२ गुणामात्र बढी छ ।

बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड ५६ लाख छ भने जगेडा कोषमा दुई अर्ब २७ करोड २४ लाख रुपैयाँ सञ्चित रहेको छ ।

त्यसैगरि बैंकले ४ अर्ब ८१ करोड ४० लाख ब्याज आम्दानी गरेर ३ अर्ब ११ करोड ७४ लाख ब्याज खर्च गरेको छ । जसबाट उसले एक अर्ब ६९ करोड ६५ लाख खुद ब्याज आम्दानी गरेको छ । गत बर्ष यसै अवधिमा बैंकले एक अर्ब १० करोड २५ लाख खुद ब्याज आम्दानी गरेको थियो ।

निक्षेप र कर्जा लगानीको वृद्धिदर सन्तुलनमा

समीक्षा अवधिमा बैंकले निक्षेप र कर्जा लगानी बढाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको यसै अवधिमा रहेको ६५ अर्ब ७९ करोड ८३ लाख रहेको निक्षेप संकलनलाई बढाएर ८५ अर्ब १७ करोड ६२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। कर्जा लगानीतर्फ पनि बैंकले ६० अर्ब ७ करोड २७ लाखबाट ७४ अर्ब ६५ करोड ३७ लाखमा बढोत्तरी गरेको छ ।

समीक्षा अवधिमा बैंकको जगेडा कोष ४४.९६, निक्षेप २९.४५ प्रतिशत, कर्जा २४.२७ खुद ब्याज आम्दानी ५३.८८ प्रतिशतले सुधार गरेको छ ।

बैंक कर्जा निक्षेप अनुपातमा केही सहज ७७.६४ प्रतिशत रहेको छ भने खराब कर्जा अनुपात ०.३३ बाट ०.४४ प्रतिशतमा बढेको छ । त्यस्तै बैंकको आधार ब्याजदर १०.९९ प्रतिशत र कोषको लागत ७.९८ प्रतिशत छ ।

यसरी प्रयोग गर्नुहोस् डेटा एनालिटिक्स

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।