एभरेष्ट बैंकको दोस्रो त्रैमासको सूचाङ्कमा यस्ता देखिए परिवर्तन

Jan 18, 2019 Tirtha Raj Poudyal

एभरेष्ट बैंक (EBL) को चालू आर्थिक वर्षको ६ महिना अवधिमा खुद नाफा, निक्षेप संकलन र कर्जा विस्तार लगायतका सबै सूचाङ्कहरुमा २० प्रतिशत हाराहारीमा मात्र प्रगति देखिएको छ ।बैंकको फ्रि प्रोफट भने राष्ट्र बैंकको रेगुलेटरी एड्जस्टमेन्टको व्यवस्थाले खुद नाफाभन्दा घट्न पुगेकाे छ। 

निजी क्षेत्रको अब्बल बैंकको रुपमा परिचय बनाएको एभरेष्टले शुक्रबार प्रकाशित गरेको नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) रिर्पोट अनुसार एक अर्ब ४२ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको उल्लेख छ । 

गत आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा बैंकले एक अर्ब २२ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा बैंकले १६.९३ प्रतिशतले आफ्नो खुद नाफा बढाएको हो ।

राष्ट्र बैंकको रेगुलेटरी एड्जस्टमेन्टले फ्रि प्रोफिटमा संकुचन

एनएफआरएस प्रतिवेदन अनुसार एभरेष्ट बैंकले एक अर्ब ४ करोड १८ लाख रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको उल्लेख छ । गत बर्ष यस्तो रकम ९७ करोड ६७ लाख रहेको थियो । गत बर्षको तुलनामा यस बर्षको प्रथम त्रैमासिक अवधिमा ६ करोड ५१ लाख रुपैयाँले मात्र फ्रि प्रोफिट बढेको हो

एनएफआरएस रिर्पोट अनुसार बैंकले खुद नाफामा राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्टमा ३८ करोड ८० लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको खुद नाफा भन्दा लाभांश क्षमता उच्च घटेको हो ।

राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने वितरण योग्य नाफा (फ्रि प्रोफिट) केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न मिल्छ ।

निक्षेप र कर्जा परिचालन खर्ब माथि

समीक्षा अवधिमा एभरेष्ट बैंकको कर्जा विस्तार भन्दा निक्षेप संकलनको विस्तारको अनुपात सुस्त छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एभरेष्टले कर्जा लगानी २३.०५ प्रतिशतले बढाउँदा निक्षेप संकलन २०.२१ प्रतिशतले बढाएको छ ।

यस अवधिमा बैंकले निक्षेप संकलनमा एक खर्ब ३ अर्ब २९ करोड ९१ लाखबाट एक खर्ब २४ अर्ब १७ करोड ७९ लाख तथा कर्जा परिचालनतर्फ ८६ अर्ब ८ करोड २७ लाखबाट एक खर्ब ५ अर्ब ९२ करोड ७४ लाखमा बढोत्तरी गरेको छ ।

चुक्ता पूँजी र जगेडा कोष

गत आवको नाफाबाट २० प्रतिशत नगद लाभांश वितरण गरेको बैंकको चुक्ता पूँजी ८ अर्ब १० करोड ६८ लाख रुपैयाँमा स्थिर रहेको छ । पूँजी स्थिर रहँदा बैंकको बैंकको वार्षिक प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ४२ पैसाबाट बढेर ३५ रुपैयाँ ६३ पैसामा बढोत्तरी हुन पुगेको छ । 

बैंकले ६ अर्ब ७४ करोड ९७ लाखको जगेडा कोष १२.३२ प्रतितशले बढाएर ७ अर्ब ५८ करोड ११ लाख सञ्चित गरेको छ ।

खुद ब्याज आम्दानी करिब ३५ करोड बढ्यो

यस अवधिमा एभरेष्ट बैंकले ३४ करोड ९१ लाख रुपैयाँले खुद ब्याज आम्दानी बढाएको छ । चालू आवको दोस्रो त्रैमासमा बैंकले ६ अर्ब २० करोड ६६ लाख ब्याज आम्दानी गरेर ३ अर्ब ५३ करोड ५५ लाख ब्याज खर्च गरेको छ ।
जसबाट उसले २ अर्ब ६७ करोड १० लाख खुद ब्याज आम्दानी गरेको छ । गत बर्ष यसै अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ३२ करोड १९ लाख रुपैयाँ रहेको थियो ।

नोट:रकमलाई हजारमा देखाइएको छ ।

निष्कृय कर्जा अनुपात घट्नु सकारात्मक

समिक्षा अवधिमा बैंकले आफ्नो खराब कर्जा अनुपात घटाउँदै लगेको छ । व्यवसायको आकारमा बढोत्तरी हुँदै जाँदा खराब कर्जा नियन्त्रण गर्दै जानुलाई बैंकको प्रगति नै मान्नुपर्छ ।

गत आर्थिक वर्षको ६ महिना अवधिमा बैंकमा ०.२५ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा यस वर्षमा घटेर ०.१९ प्रतिशतमा झरेको छ ।

कर्जा निक्षेप सीमा केही खुकुलो

प्रथम त्रैमासिक प्रतिवेदन अनुसार एभरेष्ट बैंकको कर्जा निक्षेप अनुपात ७७.३२ रहेकोमा दोस्रो त्रैमासमा केही खुकुलो भएको छ ।

हाल बैंकको कर्जा निक्षेप अनुपात ७६.२३ प्रतिशत रहेको छ । गत वर्षको यसै अवधिमा बैंकको यस्तो अनुपात ७५.८४ प्रतिशत रहेको थियो ।

त्यस्तै बैंकको आधार ब्याजदर पनि प्रथम त्रैमासमा ८.८० प्रतिशत रहेकाेमा  ८.२२ मा घटेको छ भने कोषको लागत ६.०८ बाट बढेर ६. २३ प्रतिशतमा उक्लेको छ ।

यसरी प्रयोग गर्नुहोस् डेटा एनालिटिक्स

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।