भर्खरै आईपिओ निकालेको चौतारी लघुवित्तको खुद नाफा करोड माथि

Jan 18, 2019 Merolagani

चौतारी लघुवित्त (CHLBS) को चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ५ लाख खुद नाफा आर्जन गरेको छ। गत मंसिरमा ६ लाख कित्ता आईपिओ निष्काशन गरेको लघुवित्तले गत आवको यसै अवधिको तुलनामा २१० प्रतिशतले खुद नाफा बढोत्तरी गरेको हो ।

गत आवको ६ महिना अवधिमा लघुवित्त कम्पनीले ३३ लाख ९२ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरको थियो । 

निक्षेप संकलन र कर्जा विस्तारलाई उल्लेख्य विस्तार गरेको लघुवित्तको खुद ब्याज आम्दानी वृद्धि भएसँगै खुद नाफामा बढोत्तरी देखिएको हो । गत वर्षको यसै अवधिमा २ करोड १७ लाख खुद ब्याज आम्दानी गरेको लघुवित्तले चालु आवको दोस्रो त्रैमाससम्मा ३ करोड ८२ लाख खुद ब्याज आम्दानी गरेको छ ।

यस अवधिमा १४ करोड ७ लाखको निक्षेप ३३ करोड २४ लाखमा र ४९ करोड ८६ लाखको कर्जा लगानी एक अर्ब आठ करोड ८० लाखमा विस्तार गर्न लघुवित्त सफल भएको छ । लघुवित्तले बैंक तथा वित्तीय संस्थाबाट ५७ करोड ९० लाख सापटी लिएको छ ।

आईपिओ निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी १८ करोड ६० लाख पुगेको छ भने जगेडा कोषमा दोब्बरले वृद्धि भई २ करोड ५४ लाख रुपैयाँ सञ्चित छ ।

लघुवित्तको निष्क्रिय कर्जा अनुपात १.०२ प्रतिशत बाट ०.६८ प्रतिशतमा झरेको छ । लघुवित्तको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ३१ पैसा, प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ६८ पैसा र मूल्य आम्दानी अनुपात २१.०४ गुणा बढी छ ।

यसरी प्रयोग गर्नुहोस् डेटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।