लक्ष्मी बैंकले व्यवसायको आकार बढाउन थप्ने भयो यस्ता नयाँ सेवा

Jan 18, 2019 Merolagani

लक्ष्मी बैंक (LBL) ले बैंकिङ्ग व्यवसायका साथसाथै आफ्नो व्यवसायको क्षेत्र विस्तार गर्नका लागि प्रबन्धपत्र तथा नियमावलीमा संसोधन मार्फत बीमा, धितोपत्र व्यवसाय, स्टक एक्सचेञ्ज फिन्टेक लगायतका व्यवस्था थप गर्ने भएको छ। बैंकले माघ २८ गते आह्वान गरेको अठारौं वार्षिक साधारणसभामा साे प्रस्ताव गरिएकाे हाे

सभामा बैंकले सम्बन्धित निकायको स्वीकृती लिई बैंक आफैँ वा स्वदेशी वा सवदेशी स्वामित्वमा रहेको कम्पनीहरुसँग संयुक्त लगानीमा वा सञ्चालनमा रहेको कम्पनीको पुरै वा आंशिक शेयर खरिद गरि अथवा सहायक कम्पनी मार्फत जीवन बीमा, निर्जीवन बीमा, पुनर्बीमा, भेञ्चर क्यापिटल/प्राइभेट इक्विटी/हेज फण्ड, क्रेडिट रेटिङ्ग, शेयर ब्रोकर, स्टक एक्सचेन्ज, फिन्टेक सम्बन्धि कार्यहरु गर्ने थप निर्णयलाई निरन्तरता दिने विशेष प्रस्ताव गरेको छ ।

यस्तै बैंक र उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने वा प्राप्ती गर्ने आवश्यक सम्पूर्ण प्रकृया पूरा गर्न सञ्चालक समितिलाई दिएको अख्तियारीलाई निरन्तरता दिने र गत आवको नाफाबाट सञ्चालक समितिले प्सताव गरेको लाभांश अनुमोदन गर्ने विशेष प्रस्ताव गरेको छ ।

यसअघि लक्ष्मी बैंक र एभरेष्ट बैंकबीच मर्जरको प्रयास भएपनि अन्तिम समयमा आएर एकता सम्भव हुन सकेको थिएन। एभरेष्ट बैंकसँग मर्जरको प्रयास असफल भएपनि बैंकले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर प्राप्तीको बाटो खुला गरेको हो ।

साधारण सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको हालको चुक्ता पूँजीको ८.५० प्रतिशत अर्थात ६९ करोड ८८ लाख रुपैयाँ बराबरको बोनस शेयर र बोनसको कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.४५ प्रतिशत अर्थात ३ करोड ६७ लाख रुपैयाँ बराबरको नगद लाभांश पारित गर्ने प्रस्ताव स्वीकृत गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले माघ १४ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ । यसअनुसार माघ १३ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश प्राप्त गर्नेछन् ।

यस्तै साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित २०७५ असार मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी स्वीकृत गर्नेछ। साधारण सभा माघ २८ गते सोमबार अग्रवाल भवन कमलपोखरीमा दिउँसो २ बजे बोलाइएको छ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब २२ करोड १६ लाख ६७ हजार रुपैयाँ रहेको छ । प्रस्तावित ८.५० प्रतिशत (६९ करोड ८८ लाख ४१ हजार ६९५ रुपैयाँ) बोनस पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ९२ करोड पाँच लाख पुग्नेछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ३० करोड ३० लाख रुपैयाँ खुद नाफा गरेको छ । जुन गत वर्षको यसै अवधिको तुलनामा ३४.१२ प्रतिशत बढी हो । यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ७४ पैसा कायम छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।