लाभांश सहित मर्जर/प्राप्ती र हकप्रद उन्नति माइक्रोफाइनान्सको साधारण सभाको मुख्य एजेण्डा

Jan 18, 2019 Merolagani

उन्नति माइक्रोफाइनान्सले गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित गरेको लाभांशका अतिरिक्त मर्जर/प्राप्ती र हकप्रद निष्काशलाई मुख्य एजेण्डा बनाएर माघ २६ गते शनिबार चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ।

यसअघि पुस २६ गते धितोपत्र बोर्डबाट २० प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको यस लघुवित्तले सो हकप्रद जारी नगर्दै गत आवको नाफाबाट बोनसअघि कायम चुक्ता पूँजीको ४०.५० प्रतिशत बोनस पश्चात कायम हुने चुक्ता पूँजी ८ करोड ८२ लाख ७५ हजारको फेरि २० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव सभामा पेश गर्ने भएको हो ।

यसैगरि लघुवित्त उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जर तथा प्राप्ती गर्न उपयुक्त देखिएमा प्रकृया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेण्डा रहेको छ ।

लाभांश र तेस्रो वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत हकप्रद जारी गर्ने प्रयोजनका लागि कम्पनीले माघ १६ गते बुधबार एक दिन शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ । यसअनुसार माघ १५ गतेसम्म कायम रहने शेयरधनीले मात्र बोनस र हकप्रद प्राप्त गर्नेछन् ।

सभाले संस्थाको कार्यक्षेत्र विस्तार गरि राष्ट्रिय स्तरको लघुवित्तमा स्तरोन्नति हुने प्रस्ताव पनि साधारण सभाबाट पारित गर्दैछ ।

लघुवित्तले माघ २६ गते शनिबार होटल पौवा भैरहवा रुपन्देहीमा बिहान ९ बजे चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । 

साधारण सभा र मुख्य एजेण्डा यहाँबाट हेर्नुहाेस्:-

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।