देवः विकास बैंकको अधिकांश सूचकमा गिरावट

Jan 20, 2019 Merolagani

देवः विकास बैंक (DBBL) काे चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा सहित सञ्चालन नाफा, प्रतिशेयर आम्दानी, नेटवर्थ लगायतका धेरै सूचाङ्कमा गिरावट देखिएको छ। यद्यपी बैंकले निक्षेप, कर्जा र खुद व्याज आम्दानीमा भने सुधार गरेको छ ।

गत आवको दोस्रो त्रैमासमा १४ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकको नाफा १३ करोड २९ लाखमा खुम्चिएको छ। नाफा घटेर यस्तै ४४ प्रतिशतकाे चुक्ता पूँजी वृद्धिको असर प्रतिशेयर आम्दानीमा पर्दा १७ रुपैयाँ २३ पैसा रहेको बैंकको इपिएस १० रुपैयाँ ५० पैसामा झरेको छ । 

बैंकको सञ्चालन नाफा २२ करोड १० लाखबाट २० करोड ८६ लाख र प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ७९ पैसाबाट १२४ रुपैयाँ २३ पैसा कायम भएको छ ।

बैंकको नाफा घट्ने प्रमुख कारक कर्मचारी खर्च र खराब कर्जा नोक्सानी व्यवस्था देखिएको छ । गत आवमा ५ करोड ९७ लाख रहेको कर्मचारी खर्च ९ करोड ८४ लाख र २ करोड ७५ लाखको नोक्सानी व्यवस्था रकम बढेर ५ करोड १२ लाख पूग्दा नाफा संकुचित बनेको हो । 

गत आवको यसै अवधिको तुलनामा बैंकले पुस मसान्तसम्ममा २६. ६८ प्रतिशतले निक्षेप बढाएर १७ अर्ब ११ करोड ४२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा लगानीतर्फ ३२.०२ प्रतिशत वृद्धि भई १५ अर्ब ६९ करोड ७० लाख रुपैयाँ पुगेको छ । यसबाट बैंकको खुद ब्याज आम्दानी ३१ करोड ३४ लाखबाट बढेर ३६ करोड ७३ लाख आर्जन भएको छ ।

 

बैंकको खराब कर्जा अनुपातमा भने सुधार आएको छ । गत आवको दोस्रो त्रैमासमा २. ५६ प्रतिशत रहेको खराब कर्जा अनुपात २.१७ प्रतिशतमा झरेको छ ।

चुक्ता पूँजी २ अर्ब ५३ करोड ३६ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ६१ करोड ३८ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको जगेडा कोष एक करोड ३० लाखले बढेको हो ।

 

नोट:रकमलाई हजारमा देखाइएको छ ।

यसरी प्रयोग गर्नुहोस् डेटा एनालिटिक्स्

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।