चुक्ता पूँजी ८० करोड रहेको फाइनान्सको जगेडा कोषमा १५ करोड ९६ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा फाइनान्सले तीन अर्ब २९ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरेर २ अर्ब ९० करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
पुसमसान्तसम्म २३ करोड ५८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको फाइनान्सले १६ करोड १२ लाख रुपैयाँ ब्याज खर्च गर्दा ७ करोड ४५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष फाइनान्सले खुुद ब्याज आम्दानी ५ करोड ८६ लाख रुपैयाँ थियो ।
खराब कर्जा अनुपात ०.५६ बाट ६८ प्रतिशतमा बढेपछि फाइनान्सको कर्जा नोक्सानी व्यवस्था रकम समेत अघिल्लो वर्ष यसै अवधिमा ५ लाख ६० हजार रहेकोमा एक करोड ३८ लाख रुपैयाँ पुगेको छ । जसले फाइनान्सको खुद नाफा अपेक्षित बढ्न सकेको छैन ।
नोट:रकमलाई हजारमा देखाइएको छ ।
यस अवधिमा फाइनान्सको प्रतिशेयर आम्दानीमा पनि सुधार भएको छ । गत आवको दोस्रो त्रैमासमा ७ रुपैयाँ ६४ पैसा रहेको इपिएस ८ रुपैयाँ ३७ पैसा पुगेको हो । प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ९६ पैसा छ भने मूल्य आम्दानी अनुपात १५.५३ गुणा रहेको छ ।