गत आवको दोस्रो त्रैमासमा लघुवित्तले ४ करोड ४५ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । लघुवित्तको खुद ब्याज आम्दानी बढेसँगै खुद नाफामा बढोत्तरी देखिएको हो । लघुवित्तले खुद ब्याज आम्दानी ११ करोड ७४ लाखबाट १३ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।
यस अवधिमा लघुवित्तले एक अर्ब ९ करोड ८७ लाख निक्षेप संकलन र बैंक तथा वित्तीय संस्थाबाट एक अर्ब ७३ करोड ५७ लाख सापटी लिएर ३ अर्ब १२ करोड ८० लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ ।
नोट:रकमलाई हजारमा देखाइएको छ ।
चुक्ता पूँजी २४ करोड २० लाख रहेको लघुवित्तको जगेडा कोषमा १८ करोड ४३ लाख रुपैयाँ सञ्चित छ । लघुवित्तको निष्क्रिय कर्जा अनुपात १.१३ बाट १.२१ प्रतिशतमा बढेको छ ।
गत आर्थिक वर्षको नाफाबाट २६.३२ प्रतिशत नगद लाभांश वितरण गरेको लघुवित्तकाे चुक्ता पूँजी स्थिर हुँदा गत आवको यसै अवधिमा ३६ रुपैयाँ ८३ पैसा रहेको प्रतिशेयर आम्दानी ४० रुपैयाँ १० पैसामा बढोत्तरी भएको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १७६ रुपैयाँ १६ पैसा र मूल्य आम्दानी अनुपात २०.४० गुणा बढी छ ।