कुमारी बैंकको व्यवसाय बढ्दा खुद नाफा १५ करोडले सुधारियो, इपिएस सन्तुलन राख्ने चुनाैती कायमै

Jan 22, 2019 Merolagani

कुमारी बैंक (KBL) ले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा खर्चका शिर्षहरुमा नियन्त्रण गर्दै समग्र वित्तीय सूचकहरुमा सुधार गरेको छ। निक्षेप संकलनभन्दा कर्जा विस्तारमा केन्द्रीत हुँदा बैंकको खुद ब्याज आम्दानीसँगै नाफामा सुधार देखिएको हो । 

खुद नाफामा १५ करोड सुधार

कुमारी बैंकले मंगलबार प्रकाशित गरेको नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) रिर्पोट अनुसार खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा १५ करोड ४२ लाख रुपैयाँले सुधार आएको छ ।

गत आवको यसै अवधिकाे तुलनामा २९.५४ प्रतिशतले खुद नाफामा बढोत्तरी गर्दै बैंकले ६७ करोड ६२ लाख ४४ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्ष यसै अवधिमा बैंकले ५२ करोड २० लाख ४२ हजार खुद नाफा कमाएको थियो ।

साना बैंक तथा वित्तीय संस्थाहरुलाई आफूमा विलन गराउँदा व्यवसायको आकारमा भएको वृद्धिले कुमारीले नाफा बढेको हो । यस बैंकले काष्ठमण्डप, महाकाली, काँक्रेविहार डेभलपमेन्ट बैंक र पश्चिमाञ्चल फाइनान्सलाई आफूमा बिलिन गराएको थियो ।

खुद नाफाभन्दा फ्रि प्रोफिट ७ करोड कम

एनएफआरएस रिर्पोट अनुसार बैंकले खुद नाफामा राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्टमा ७ करोड २४ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको खुद नाफा भन्दा लाभांश क्षमता घटेको हो ।

प्रतिवेदन अनुसार बैंकले ६० करोड ३८ लाख १३ हजार रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको उल्लेख छ । गत वर्ष यस्तो रकम ११ करोड २० लाख रुपैयाँ मात्र रहेको थियो । गत आवमा बैंकको फ्रि प्रोफिट ४८ करोड २ लाख ६ हजार रहेको थियो ।

राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने वितरण योग्य नाफा (फ्रि प्रोफिट) केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ ।

इपिएस कायम राख्ने चुनाैती

सात अर्ब १६ करोड ३३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको प्रतिशेयर आम्दानी बढेर १८ रुपैयाँ ६२ पैसा पुगेको छ। गत आर्थिक वर्षको यसै अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी १६ रुपैयाँ ९ पैसा रहेको थियो ।

बैंककाे हाल रहेकाे पूँजीमा पछिल्लो दुई आर्थिक वर्षमा वितरण गर्न प्रस्ताव गरिएको २१ प्रतिशत बोनस पूँजीकरण भएको छैन । बैंकले बाँडेको बोनस पूँजीकृत नहुँदा प्रतिशेयर आम्दानी बढेको हो।  हाल इपिएस वृद्दि भएकाे देखिएपनि बाेनस पूँजीकरण पश्चात घट्ने हुँदा सन्तुलनमा राख्ने चुनाैती बैंकलाइ उत्तिकै छ ।

बैंकको जगेडा कोष २ अर्ब ६३ करोड २७ लाखबाट एक अर्ब ६५ करोड ८१ लाख रुपैयाँले बढेर ४ अर्ब २९ करोड ०९ लाख रुपैयाँ सञ्चित हुन पुगेको छ ।

नोट:रकमलाई हजारमा देखाइएको छ ।

निक्षेप संकलन भन्दा कर्जा विस्तार बढी

समीक्षा अवधिमा कुमारी बैंकले निक्षेपभन्दा कर्जा बढी विस्तार गरेको छ । बैंकले चालू आर्थिक वर्षको ६ महिना अवधिमा निक्षेप संकलन र कर्जा विस्तारलाई बढाउँदै आफ्नो खुद नाफा बढाएसँगै बैंकको सूचक सकारात्मक देखिएका हुन् ।

बैंकको निक्षेप संकलन रकम ३०.४२ प्रतिशतले बढ्दा कर्जा लगानी ३९.४३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा रहेको ५७ अर्ब ८४ करोड ९३ लाख निक्षेपलाई बैंकले ७५ अर्ब ४४ करोड ८५ लाख पुर्याएको छ भने कर्जा परिचालनतर्फ ५० अर्ब ७५ करोड ९२ लाखबाट ७० अर्ब ७७ करोड २२ लाखमा बढोत्तरी गरेको भएको छ ।

खुद ब्याज आम्दानी करिब ६७ प्रतिशत बढ्यो

कुमारी बैंकले गत आवको दोस्रो त्रैमासकाे तुलनामा यस त्रैमासमा ६६.९६ प्रतिशतले खुद ब्याज आम्दानी बढाएको छ । चालू आवको दोस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी रकम एक अर्ब ५१ करोड ७१ लाख रहेको छ । गत आवको यसै अवधिमा ९० करोड ८६ लाख रहेको थियो ।

चालू आवको  ६ महिना अवधिमा ४ अर्ब ४२ करोड ८० लाख ब्याज आम्दानी गरेर २ अर्ब ९१ करोड ९ लाख रुपैयाँ ब्याज खर्च गरेको हो । 

खराब कर्जा घट्दै

समीक्षा अवधिमा बैंकले आफ्नो खराब कर्जा अनुपात घटाउँदै लगेको छ। व्यवसायको आकारमा बढोत्तरी हुँदै जाँदा खराब कर्जा नियन्त्रण गर्नसक्नु बैंकको एक कोणबाट प्रगति नै मान्नुपर्छ ।

गत आर्थिक वर्षको ६ महिना अवधिमा बैंकमा १.६१ प्रतिशत खराब कर्जा अनुपात रहेकोमा चालू आवको यसै अवधिमा घटेर १.२२ प्रतिशतमा झरेको हो ।

कर्जा विस्तारले पूँजी कोष साघुँरियो

दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार कुमारी बैंकको पूँजी कोष अनुपात साघुँरिएको छ । गत आवको यसै अवधिमा १४.४८ प्रतिशत रहेको बैंकको पूँजी कोष अनुपात १२.८१ प्रतिशतमा झरेको छ । यद्यपी बैंकको बोनस पूँजीकरण पश्चात भने सुधार आउने अवस्था छ।

अर्कोतर्फ बैंकको कर्जा निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको सीमा ८० प्रतिशत नजिक रहेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७८.०७ प्रतिशत रहेकोले थप कर्जा प्रवाहमा गर्न निकै थारै मात्र ठाउँ रहेको छ । गत वर्षको यसै अवधिमा बैंकको यस्तो अनुपात ७६.८२ प्रतिशत रहेको थियो ।

त्यस्तै समीक्षा अवधिमा बैंकको आधार ब्याजदर ११.१७ प्रतिशतबाट ११.५५मा बढेको छ भने कोषको लागत ७.८३ बाट ८.१२ प्रतिशतमा बढोत्तरी भएको छ । बैंकको मूल्य आम्दानी अनुपात १३.६२ प्रतिशत रहेको छ ।

यसरी प्रयोग गर्नुहोस् डेटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।