आईपिओ निष्काशन गर्न लागेको स्पर्श लघुवित्तको नाफा ६ लाख मात्रै

Jan 22, 2019 Merolagani

आईपिओ निष्काशन गर्ने तयारीमा रहेको स्पर्श लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। गत वर्षको यसै अवधिमा लघुवित्त ५० लाख ८१ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो।

यस अवधिमा लघुवित्तले १० करोड २८ लाख रुपैयाँ निक्षेप संकलन र ४७ करोड १८ लाख रुपैयाँ सपटी लिएर ५२ करोड २६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ। कम्पनीले ४ करोड ७ लाख रुपैयाँ व्याज आम्दानी गरी २ करोड ८५ लाख रुपैयाँ व्याज वापत खर्च गरेको छ। १ करोड २२ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ।

यस अवधिमा लघुवित्तको खराब कर्जा अनुपात ०.५१ प्रतिशत छ।

चुक्ता पूँजी ५ करोड ५० लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ८ लाख ३५ हजार रुपैयाँ सञ्चित छ।

स्पर्श लघुवित्तले आईपिओ निष्काशन माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले २ करोड ६९ लाख ६३ हजार रुपैयाँको २ लाख ६९ हजार ६३० कित्ता आईपिओ निष्काशनको अनुमति माग गर्दै आवेदन गरेको हो।

आईपिओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ८ करोड २९ लाख ६३ हजार रुपैयाँ पुग्नेछ । कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई यस अघि नै नियुक्त गरी सकेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।