एशियन लाइफको क्रिटिकल केयर योजना सार्वजनिक, क्यान्सरको पनि बीमा सुरक्षा

Jan 22, 2019 Merolagani

एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले क्यान्सर सहित १८ प्रकारका घातक रोगहरु विरुद्ध बीमा सुरक्षा प्रदान गर्ने भएको छ। कम्पनीले घातक रोगहरु विरुद्ध बीमा सुरक्षा प्रदान गर्न मुल बीमा योजनामा एशियन क्रिटिकल केयर (पूरक करार) सुविधा थप गरेको हो ।

हाल सञ्चालनमा रहेको बीमा योजनामा बीमितले यो सुविधा थप गरेर लिन सकिने कम्पनीले जनाएको छ ।

यो ऐच्छिक सुविधा (पूरक करार) बाट बीमितले क्यान्सर, हृदयघात, मस्तिष्क घात, किड्नी फेलियर, कोमा लगायतका १८ प्रकारका घातक रोगमध्ये कुनै पनि एक घातक रोग निरुपण (म्ष्बनलयकष्क) भएमा उपचार खर्चबापत एकमुष्ठ ५० हजारदेखि ५० लाख रुपैयाँसम्म भुक्तानी पाउनेछन् ।

यस सुविधा लिन १६ देखि ६० वर्ष सम्मका व्यक्ति सहभागि हुन पाउने र बीमा रकम भुक्तननी लिनका लागि अस्पतालको बिल पेश गर्नु नपर्ने कम्पनीले जनाएको छ ।

मानव स्वास्थ्यमा कुनै गडबडीको कारण आइपर्ने गम्भीर रोगको उपचारमा खर्चको लागी “एशियन क्रिटिकल केयरले बीमितलाई तनावबाट टाढा राख्ने कम्पनीको दाबी छ । यो सुविधा मूल बीमालेखमा ऐच्छिक सुविधाको रुपमा लिन सकिने व्यवस्था हो ।

कम्पनीले देशभर २९ शाखा र ७९ उपशाखा कार्यालयहरुबाट बीमा सेवा प्रदान गर्दै आईरहेको छ । हाल कम्पनीको अधिकृत पूँजी ५ अर्ब, चुक्ता पूँजी १ अर्ब २५ करोड ६७ लाख रुपैयाँ रहेको छ भने २०७५ पौष मसान्तसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको जीवन बीमा कोष रहेको कम्पनीले जनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।