समीक्षा अवधिमा बैंकले २३.०१ प्रतिशतले आफ्नो खुद नाफा बढाएको हो। बैंकले गत आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ८६ करोड ९३ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
खुद नाफाभन्दा फ्रि प्रोफिट करिब २० करोड कम
एनएफआरएस प्रतिवेदन अनुसार बैंकले ८७ करोड ५ लाख रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको उल्लेख छ ।
गत वर्ष यसै अवधिमा यस्तो नाफा ७१ करोड ७४ लाख रहेको थियो। बैंकले गत वर्षको तुलनामा यसै अवधिको तुलनामा १५ करोड ३० लाख रुपैयाँले फ्रि प्रोफिट बढाएको हो ।
एनएफआरएस रिर्पोट अनुसार बैंकले खुद नाफामा राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्टबाट १९ करोड ८९ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको खुद नाफा भन्दा लाभांश क्षमता घटेको हो।
राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने वितरण योग्य नाफा (फ्रि प्रोफिट) केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न मिल्छ ।
नोट:रकमलाई हजारमा देखाइएको छ ।
निक्षेप र कर्जा विस्तार खर्ब नजिक
बैंकले निक्षेप संकलन र कर्जा लगानीलाई बढाउँदै लगेको छ । समीक्षा अवधिमा बैंकले निक्षेप संकलनमा ८५ अर्ब ५६करोड ६० लाखबाट एक खर्ब ६ अर्ब ३८ करोड तथा कर्जा ७६ अर्ब ९१ करोड ३१ लाखबाट ९७ अर्ब ५० करोड ७० लाखमा बढोत्तरी गरेको छ ।
त्यस्तै बैंकको चुक्ता पूँजी ७ अर्ब ५ करोड ६५ लाखबाट ८ अर्ब ८८ करोड ७६ लाख रुपैयाँ पुगेको छ । बैंकले ५ अर्ब १६ करोड ५६ लाखको जगेडा कोष ५ अर्ब १९ करोड ७२ लाखमा बढाएको छ ।
समीक्षा अवधिमा बैंकको निक्षेप २४.३३ र कर्जा २६.७८ प्रतिशतले सुधार भएको छ । बैंकको चुक्ता पूँजी २५.९५ प्रतिशत, र जगेडा कोष ०.६१ प्रतिशतले सुधार भएको छ ।
खुद ब्याज आम्दानीमा ४९ प्रतिशतले बढ्यो
सिद्धार्थ बैंकले गत आवको दोस्रो त्रैमासिक अवधिको तुलनामा खुद ब्याज आम्दानीमा ४९ प्रतिशतले सुधार गरेको छ । गत आवको यसै अवधिमा एक अर्ब ५३ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा हाल दुई अर्ब २८ करोड ८८ लाख पुगेको हो ।
यस अवधिमा बैंकले ६ अर्ब ८ करोड ७६ लाख ब्याज आम्दानी गरेर ३ अर्ब ७९ करोड ८८ लाख रुपैयाँ ब्याज खर्च गरेको हाे ।
प्रतिशेयर आम्दानी र आधार ब्याजदर स्थिर
बैंकको पूँजी वृद्धिको अनुपात र खुद नाफा बढोत्तरीको सन्तुलित बन्दा बैंककाे प्रतिशेयर आम्दानी बढ्न सकेकाे छैन । यद्यपी प्रतिशेयर आम्दानी स्थिर नै रहेकाे छ ।
गत आवको दोस्रो त्रैमासमा २४ रुपैयाँ ७१ पैसा रहेको प्रतिशेयर आम्दानी हाल २४ रुपैयाँ ७० पैसामा कायम छ । बैंकको प्रतिशेयर नेटवर्थ भने १५८ रुपैयाँ ४८ पैसा र मूल्य आम्दानी अनुपात ११.८६ गुणा छ।
त्यस्तै बैंकको आधार ब्याजदर स्थिर रहेको छ । गत वर्ष यसै अवधिमा १०.५८ प्रतिशत रहेको बैंकको आधार ब्याजदर हाल १०.५९२ प्रतिशत छ । कोषको लागत भने ७.२८ बाट बढेर ७.४२ प्रतिशतमा पुगेको छ ।
कर्जा विस्तार सीमा नजिक
चालू आवको दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार बैंकको कर्जा निक्षेप अनुपात राष्ट्र बैंकले तोकेको सीमा ८० प्रतिशत नजिक रहेको छ । बैंकको यस्तो अनुपात ७८.७७ प्रतिशत रहेकोले थप कर्जा प्रवाह गर्न कर्जा वृद्धिभन्दा निक्षेपमा ज्यादा बढोत्तरी गर्नुपर्ने आवश्यकता देखिन्छ ।
गत वर्ष यसै अवधिमा बैंकको कर्जा निक्षेप अनुपात ७८.३३ प्रतिशत रहेको थियो। बैंककाे पूँजी काेष अनुपात भने केही सुधार भएकाे छ । यस अवधिमा बैंककाे पूँजी काेष १२.४२ बाट १३.१६ प्रतिशमा उक्लेकाे छ ।
निष्कृय कर्जा अनुपात बढ्यो
समिक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात केही बढेको छ । गत आर्थिक वर्षको ६ महिना अवधिमा बैंकमा १.५० खराब कर्जा अनुपात रहेकोमा यस वर्षमा बढेर १.६४ प्रतिशतमा बढेको हो ।