मिथिला लघुवित्तले माघ १७ गतेदेखि हकप्रद जारी गर्ने, कहिलेसम्म कायम शेयरधनीले पाउँछन् ?

Jan 23, 2019 Merolagani

मिथिला लघुवित्त (MLBBL) ले माघ १७ गतेदेखि चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद बिक्रीमा ल्याउने भएको छ। कम्पनीले बुधबार सूचना जारी गर्दै शेयरधनीलाई हकप्रद भर्न आह्वान गरेको छ।

लघुवित्तले २ः१ अनुपातमा ३ करोड २९ लाख ८९ हजार रुपैयाँ बराबरको ३ लाख २९ हजार ८९० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । लघुवित्तको हकप्रदलाई केयर रेटिङ्गस् नेपालले औसतभन्दा तल जनाउने 'केयर एनपि आईपिओ ग्रेड ४' ग्रेडिङ्ग प्रदान गरेको छ ।

लघुवित्तको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक काठमाडौं क्यापिटल रहेको छ । हकप्रद निष्काशनका लागि कम्पनीले पुस ३० गतेसम्म कायम रहेका शेयरधनीले उक्त हकप्रदमा फागुन २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

शेयरधनीले धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थाका अलवा मेरो शेयरबाट पनि हकप्रद भर्न पाउनेछन् ।

हाल ६ करोड ५९ लाख ७७ हजार ९३८ रुपैयाँ चुक्ता पूँजी रहेको छ । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १०.४५ प्रतिशत (६८ लाख ९४ हजार ६९५ रुपैयाँ) बोनस शेयर वितरण गर्ने प्रस्ताव गरिसकेको छ।

हकप्रद र बोनसपछि मिथिलाको चुक्ता पूँजी १० करोड ५८ लाख ६१ हजार ६०२ रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तले ३५ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५३ पैसा कायम गरेको छ ।

लघुवित्त धितोपत्र बोर्डबाट पुस १३ गते चुक्ता पूँजीको ५० प्रतिशत अर्थात २ बराबर एक अनुपातमा हकप्रद बिक्री गर्न अनुमति पाएको थियो ।

लघुवित्तले चालू आर्थिक वर्षको प्रथम त्रैमासमा ३५ लाख ५० हजार खुद नाफा आर्जन गरेर  प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५३ पैसा कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।