गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खुद नाफा १४ करोड ३७ लाख रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा बैंकले निक्षेप संकलन र कर्जा विस्तारलाई क्रमश २२.१८ र २५.९० प्रतिशतले बढाएर २३ अर्ब ४४ करोड २६ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने २१ अर्ब ७२ करोड ३० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
यसबाट बैंकले गत आवको दोस्रो त्रैमासभन्दा १४ करोड ७९ लाख रुपैयाँ बढी अर्थात ४७ करोड २९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । प्रतिशतको आधारमा यो ४५.५३ प्रतिशतले धेरै हो ।
दुई अर्ब १७ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब रुपैयाँ ३५ करोड ६१ लाख रुपैयाँ सञ्चित छ ।
यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५७ पैसा पुगेको छ । गत वर्ष यसै अवधिमा बैंकको इपिएस १४ रुपैयाँ ३२ पैसा रहेको थियो।एक वर्ष अवधिमा बैंककाे इपिएस ७ रूपैयाँ २५ पैसा बढेकाे हाे । बैंकको निष्कृय कर्जा अनुपात पनि २.५० बाट घटेर २.३१ प्रतिशतमा सीमित भएको छ ।
प्रतिशेयर प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ ३४ पैसा रहेको बैंकको मूल्य आम्दानी अनुपात ७.९३ गुणा धेरै रहेको छ । बैंकको आधार ब्याजदर ११.१६ र कोषको लागत ८.८३ प्रतिशत रहेको छ । आधार ब्याजदर केही घटेपनि बैंकको लागत भने बढेको हो ।