ज्योति विकास बैंकको नाफा १७ करोड, प्रतिशेयर आम्दानी र खराब कर्जामा सुधार

Jan 23, 2019 Merolagani

ज्योति विकास बैंक (JBBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १७ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले गत वर्षको यहि अवधिको तुलनामा २ करोड ६९ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेकाे हो।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले १४ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले निक्षेप संकलन तथा कर्जा विस्तारमा उल्लेख्य सुधार गर्दे खराब कर्जा घटाएर प्रतिशेयर आम्दानीमा समेत सुधार गरेको छ ।

बैंकले यस अवधिमा २३ अर्ब ५८ करोड ४८ लाख रुपैयाँ निक्षेप संकलन गरेर २० अर्ब ३३ करोड ३९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । यस्तै बैंकले २ अर्ब २ करोड ७३ लाख रुपैयाँ सापटी लिएको छ । बैंकले निक्षेप संकलन ७५.२७, कर्जा परिचालन ६३.३१ र सापटी ३३५ प्रतिशतले बढाएको हो ।

नोट:रकमलाई हजारमा देखाइएको छ ।

व्यवसाय विस्तारमा उच्च प्रगति गरेको यस बैंकको खुद ब्याज आम्दानीमा पनि ३६.६३ प्रतिशतको सुधार भएको छ । गत आर्थिक वर्षको ३४ करोड १५ लाख खुद ब्याज आम्दानी कमाएको बैंकको आम्दानी ४६ करोड ६६ लाख पुगेको हो । यस अवधिमा एक अर्ब ४० करोड रुपैयाँ व्याज आम्दानी गरि ९३ करोड ३७ लाख ब्याज खर्च गरेको हो ।

बैंकको चुक्ता पूँजी २ अर्ब ५९ रुपैयाँमा स्थिर रहेको छ । बैंकको जगेडा कोषमा भने ८६.७० प्रतिशतले सुधार भई ४५ करोड ७४ लाख रुपैयाँ सञ्चित हुन पुगेको छ ।

गत वर्ष १० रुपैयाँ ९९ पैसा रहेको प्रतिशेयर आम्दानी यस अवधिमा बढेर १३ रुपैयाँ १४ पैसा कायम छ ।

यस्तै खराब कर्जा अनुपातमा १.४२ बाट सुधार गरेर ०.५९ प्रतिशतमा झारेको छ । यस्तै बैंकको प्रति शेयर नेटवर्थ ११७ रुपैयाँ ६४ पैसा र मूल्य आम्दानी अनुपात १०.५० गुणा बढी छ । बैंक नुवाकाेटमा केन्द्रीय कार्यालय रहेकाे हाम्राे विकास बैंकलाइ प्राप्ती गर्ने अन्तम चरणमा रहेकाे छ ।

यसरी प्रयोग गर्नुहोस् डेटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।