खानी खोला हाइड्रोपावरको साधारण सभा आह्वान, माघ २० गते बुक क्लोज

Jan 23, 2019 Merolagani

खानी खोला हाइड्रोपावर कम्पनीले छैठौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले फागुन ३ गते विहान ११ बजे, धुम्रबाराह पार्टी प्यालेस, धुम्बाराही काठमाडौंमा साधारण सभा बोलाएको हो ।

साधारण सभामा संचालक समितिको तर्फबाट आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, गत आर्थिक वर्षको लेखा परिक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु स्वीकृत गर्नेछ ।

यस्तै साधारण सभामा आर्थिक वर्ष २०७५÷७६ का लागि लेखापरिक्षकको नियुक्ती तथा पारिश्रमिक निर्धारण तगारी गरेको छ ।

संचालक समितिले खुद नेटवर्थको सम्बन्धमा तयार गरेको रणनितिक कार्ययोजना सम्बन्धमा पनि साधारण सभाले छलफल गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले माघ २० गते देखि फागुन ३ गते सम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार माघ १७ गते बिहिबार सम्म कायम शेयरधनी साधारण सभामा सहभागि हुन पाउनेछन् ।

गत जेठमा ९ लाख ३१ हजार ४ सय २९ कित्ता साधारण शेयर जारी गरेको कम्पनीको चुक्तापूँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ छ ।

हाल कम्पनीले ललितपुरको खानीखोलाबाट २ मेगावाट बिजुली उत्पादन गर्ने गरी आयोजना बनाएको छ भने अर्को साढे चार मेगावाटको टुंगुन ठोस्ने खोला आयोजना निमार्णाधीन छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।