तिनाउ विकास बैंकको जगेडा कोष आकर्षक बन्दै, खुद नाफा सामान्य बढ्यो

Jan 24, 2019 Merolagani

तिनाउ विकास बैंक (TNBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा सामान्य बनाउँदा जगेडा कोषमा भने आकर्षक सुधार गरेको छ। बैंकले आफ्नो खुद नाफा करिब २ प्रतिशतले बढाउँदा जगेडा कोष भने ६१.८८ प्रतिशतले सुधार गरेको हो ।

चालू आवको ६ महिना अवधिमा तिनाउले ४ करोड ७ लाख खुद नाफा आर्जन गरेको वित्तिय विवरण सार्वजनिक गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले ३ करोड ९९ लाख खुद नाफा आर्जन गरेको थियो । 

५० करोड ६९ लाख चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ६१.८८ प्रतिशतले वृद्धि भई १८ करोड ७६ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिमा बैंकले ५ अर्ब १७ करोड ३८ लाख निक्षेप संकलन र ४ अर्ब ४१ करोड २३ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ । समीक्षा अवधिमा बैंकले निक्षेप संकलन र कर्जा परिचालन क्रमश १९.४२ र २५.२४ प्रतिशतले बढाएको हो ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा बैंकले ९ करोड ६० लाख खुद ब्याज आम्दानी गरेको छ । गत बर्षको यसै अवधिमा बैंकले ८ करोड ३ लाख खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको निष्क्रिय कर्जा अनुपात भने ०.२८ बाट बढेर ०.४६ प्रतिशत पुगेको छ । चुक्ता पूँजी स्थिर रहँदा प्रतिशेयर आम्दानी समान्य सुधार भई १६ रुपैयाँ ८ पैसा पुगेको बैंकको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ २ पैसा र मूल्यआम्दानी अनुपात ९.५२ गुणा बढी छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।