सबैको लघुवित्तको नाफा सवा करोड, आईपिओ ल्याउने तयारी

Jan 24, 2019 Merolagani

सबैको लघुवित्त वित्तीय संस्था (SLABS) ले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको यसै अवधिमा कम्पनी ५२ लाख ५५ हजार नोक्सानीमा रहेको थियो ।

चालू आवको प्रथम त्रैमासमा भने कम्पनी ४१ लाख ६० हजार रुपैयाँ खुद नाफा गर्न सफल भएको थियो । तीन महिना अवधिमा कम्पनीले ७८ लाख ९५ हजारले खुद नाफा बढाएको हो ।

साधारण सेयर निष्काशनको प्रकृयामा रहेको लघुवित्तले जगेडा कोष, निक्षेप संकलन र कर्जा प्रवाहमा पनि सुधार गरेको छ ।

चुक्ता पूँजी ११ करोड २० लाख रुपैयाँ रहेको यस वित्तीय संस्थाको जगेडा कोषमा एक करोड ३१ लाख ७४ हजार रुपैयाँ सञ्चित छ । गत वर्षको दोस्रो त्रैमासमा ५१ लाख जगेडा ऋणात्मक थियो ।

लघुवित्तको दोस्रो वार्षिक साधारण सभाले जारी पूँजी १६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात चार करोड ८० लाख रुपैयाँ बराबरको ४ लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ।

लघुवित्तले आईपिओ निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन भने दिन बाँकी छ ।

लघुवित्तमा संस्थापकहरु तर्फको ७० प्रतिशत बराबरको ११ करोड २० लाख रुपैयाँ चुक्ता भैसकेको छ भने आईपिओ जारीपछि लघुवित्तको चुक्ता पूँजी १६ करोड कायम हुनेछ । संस्थाको अधिकृत पूँजी भने २० करोड रूपैयाँ रहेको छ।

वि.सं. २०७४ असार ३० गतेबाट आर्थिक कारोबार सुरु गरेको यस संस्थाले गत पुस मसान्तसम्म ३३ शाखाहरु मार्फत २४ करोड ६९ लाख निक्षेप ८८ करोड ३० लाख सापटीबाट एक अर्ब १४ करोड ४७ लाख कर्जा लगानी गरेको छ । यसबाट कम्पनीले २ करोड १७ लाख खुद ब्याज आम्दानी गरेको छ ।

लघुवित्तको खराब कर्जा अनुपात ०.०३ प्रतिशत रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।