वर्ल्ड मर्चेन्टको इपिएस ३३ रुपैयाँ घट्याे, अन्य सूचकमा पनि उस्तै गिरावट

Jan 24, 2019 Merolagani

वर्ल्ड मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स (WMBF) ले गत वर्षको यसै अवधिको तुलनामा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्रतिशेयर आम्दानीमा ३३ रुपैयाँ ८८ पैसा घटेको छ भने राष्ट्र बैंकबाट कर्जा परिचालन र निक्षेप संकलनमा रोक लगाएका कारण अन्य सबै सूचक पनि उस्तै घटेका छन् ।

समीक्षा अवधिमा ३ करोड ८ लाख खुद नाफा घटेपछि गत आवको दोस्रो त्रैमासमा ३७ रुपैयाँ ४६ पैसा रहेको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ५८ पैसामा झरेको हो ।

खराब कर्जा उठाएर गत वर्षको पुस मसान्तसम्ममा ३ करोड ४० लाख खुद नाफा आर्जन गरेको फाइनान्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३२ लाख ६० हजारमा नाफा सीमित भएको हो ।

निष्क्रिय कर्जा अनुपातमा सुधार गर्न नसक्दा थपिएको नोक्सानी व्यवस्थाका कारण फाइनान्सको खुद नाफामा गत आवको तुलनामा उच्च गिरावट देखिएको हो । कर्मचारी खर्चर अन्य सञ्चालन खर्च धान्न नसकेर ३८ लाख ८७ हजार नोक्सानी ब्यहोरेको फाइनान्स दुई करोड ८८ लाख नोक्सानी व्यवस्था गर्दा ३ करोड २६ लाख सञ्चालन नोक्सानीमा पुगेको छ ।

फाइनान्सले ३ करोड ७८ लाख रुपैयाँ खराब कर्जा उठाएपश्चात ३२ लाख ६० हजार खुद नाफामा पुगेको हो । चुक्ता पूँजी १८ करोड १९ लाखबाट २६ करोड ५६ लाख पुर्याएको फाइनान्सको जगेडा कोष २३ करोड रुपैयाँले ऋणात्मक रहेको छ ।

राष्ट्र बैंकबाट कर्जा परिचालन र निक्षेप संकलनमा रोक लगाएका कारण विगतका कर्जा असुली र निक्षेप फिर्ता दिँदै आएको छ। जसका कारण फाइनान्सको खुद ब्याज आम्दानीमा पनि उच्च गिरावट देखिएको छ। गत वर्ष २ करोड ६३ लाख खुद ब्याज आम्दानी गरेको फाइनान्सले हाल २६ लाख रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको छ ।

यस फाइनान्सको ७ करोड ४४ लाख निक्षेप संकलन र १७ करोड ७९ लाख रुपैयाँ कर्जा परिचालन देखिन्छ ।

फाइनान्सको निष्क्रिय कर्जा अनुपात शतप्रतिशत रहेको छ । फाइनान्सको प्रतिशेयर नेटवर्थ १३ रुपैयाँ ४३ पैसा र मूल्य आम्दानी अनुपात २५.६७ गुणा बढी छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।