चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले १३ करोड ८२ लाख खुद नाफा आर्जन गरेको वित्तिय विवरण सार्वजनिक गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले १३ करोड ६० लाख खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा २२ लाख रुपैयाँ बढी हो ।
चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख रहेको बैंकको जगेडा कोषमा एक अर्ब ५ करोड ३२ लाख रुपैयाँ सञ्चित छ । यस अनधिमा बैंकको इपिएस १३ रुपैयाँ १९ पैसाबाट ११ रुपैयाँ ५ पैसामा सीमित बनेको हो ।
बैंकले गत आवको पुस मसान्तको तुलनामा चालू आवको यसै अवधिमा निक्षेप २४.५४ प्रतिशतले बढाएर १७ अर्ब २७ करोड ८५ लाख संकलन गरेको छ भने कर्जा लगानी २७.०५ प्रतिशतले बढाएर १५ अर्ब ७४ करोड ३९ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ ।
यस अवधिमा बैंकले ३७ करोड ८४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको यसै अवधिमा बैंकले ३० करोड ८७ लाख खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकले निष्क्रिय कर्जा अनुपात २.१३ बाट १.६७ प्रतिशतमा झारेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ९ पैसा र मूल्य आम्दानी अनुपात ११.२८ गुणा बढी छ ।