सिटिसी मोबाईल हबमा मेगा एक्सचेञ्ज मेला

Jan 25, 2019 Merolagani

स्मार्ट मोबाईल फोनको लागी नेपालकै उत्कृष्ट सुविधा सम्पन्न मोबाईल हब सिटिसी मोबाईल हब सुन्धारामा यही माघ १२ गते शनिबार देखि एक हप्ताको लागी मेगा एक्सचेन्ज मोबाईल मेला सुरु हुने भएको छ ।

मोबाईल एक्सचेञ्ज अफरका साथै एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमा अफर मेलाको आकर्षण रहेकोे छ । जहाँ सबै भन्दा घेरै भेराइटि र सबैभन्दा धेरै मोबाईल ब्राण्ड उपलब्ध रहेका छन् ।

मोबाइल मेलामा ग्याजेट पारखीहरुले आफुलाई मन परेको मोबाइल, ल्यापटप, क्यामेरा तथा एप्पलका आईफोन, आइप्याड, म्याक लगायतका सामाग्री किस्ताबन्दीमा किन्न पाउने छन् । त्यस्तै जस्तो सुकै पुरानो मोबाईल लगेर नयाँ मोबाइल साट्न पाइने पनि आयोजकले जानकारी दिएको छ ।

मोबाईलको नयाँ गन्तब्य सिटीसी मोबाईल हब सुन्धारामा मोबाईल पारखीहरुले मेघा एक्सचेञ्ज मेला अवधिभर विशेष छुटमा ग्याजेट्स किन्न सक्नेछन भने ६० मिनटमा फेस टू फेस मोबाइल मर्मतको सेवा पनि लिन सक्नेछन् ।

निशुल्क पार्किगंको व्यवस्था गरेको हबले अवलोकनकर्तालाई लक्की ड्रबाट आकर्षक उपहार पनि बितरण गर्ने जनाएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।