आईपिओ आउन बाँकी गणपति माइक्रोको नाफामा उच्च बढोत्तरी, ४३ रुपैयाँ इपिएस

Jan 25, 2019 Merolagani

सर्वसाधारणमा ३ लाख कित्ता साधारण शेयर (आईपिओ) जारी गर्ने प्रकृयामा रहेको गणपति माइक्रोफाइनान्स (Ganapati) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ५१ लाख खुद नाफा आर्जन गरेको छ। 

गत वर्षको यसै अवधिमा माइक्रोफाइनान्स ६८ लाख ४५ हजार खुद नोक्सानीमा रहेको थियो। माइक्रोफाइनान्सको वार्षिक प्रतिशेयर आम्दानी ४३ रुपैयाँ ३८ पैसा कायम भएको छ । 

माइक्रोफाइनान्सको खुद ब्याज आम्दानीमा बढोत्तरी भएसँगै खुद नाफामा वृद्धि देखिएको हो । समीक्षा अवधिसम्म माइक्रोफाइनान्सले खुद ब्याज आम्दानी ८४ लाख ७४ हजारबाट बढाएर २ करोड ६७ लाख २७ हजार रुपैयाँ पुर्याएको छ । 

माइक्रोफाइनान्सले निक्षेप संकलन १६६.२३ प्रतिशतले बढाएर १७ करोड ३९ लाख पुर्याएको छ भने ६६ करोड ६९ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ । यसका लागि माइक्रोफाइनान्सले बैंक तथा वित्तीय संस्थाहरुबाट ४५ करोड ८० लाख सापटी लिएको छ ।

७ करोड चुक्ता पूँजी रहेको गणपति माइक्रोफाइनान्सको जगेडा कोषमा २० लाख २२ हजार रुपैयाँ सञ्चित छ । गत वर्ष पुस मसान्तसम्ममा माइक्रोफाइनान्सको जगेडा कोष एक करोड ९० लाख रुपैयाँले ऋणात्मक रहेको थियो ।

कर्जा प्रावाह व्यवसाय विस्तार बढेसँगै लघुवित्तको खराब कर्जा अनुपात ०.०२ प्रतिशतबाट बढेर १.१० प्रतिशत पुगेको छ ।

गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले प्रति शेयर एक सय रुपैयाँ अंकित दरमा ३ करोड रुपैयाँ बराबरको तीन लाख कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्न एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक छनौट गरिसकेको छ ।

गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको अधिकृत पूँजी रु.२० करोड, जारी पूँजी १० करोड र चुक्ता पूँजी ७ करोड रहेकोछ । सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँड गरे पश्चात संस्थाको चुक्ता पूँजी १० करोड हुनेछ ।

०७३ साल कार्तिक ३० गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले २०७३ मंसीर २४ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो ।

दुलेगौढा, तनहुँमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै आफ्नो कार्यक्षेत्र पर्वत, कास्की, तनहुँ, चितवन, धादिङ, काभ्रे, सिन्धुली, मकवानपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तुु र दाङ्गमा, गरी जम्मा २० वटा शाखा कार्यालय मार्फत् सेवा पुर्याउँदै अाएकाे छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।