पूर्णिमा विकास बैंकको खुद नाफा घट्यो

Jan 26, 2019 Merolagani

पूर्णिमा विकास बैंक (PURBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड ६१ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको खुद नाफा गत वर्षको यसै अवधिकाे तुलनामा दुई लाख ७४ हजार रुपैयाँले घटेको हो ।

गत वर्षको यसै अवधिमा बैंकको खुद नाफा ३ करोड ६४ लाख ६७ हजार रहेको थियो ।

चुक्ता पूँजी ५२ करोड ५० लाखबाट ५५ करोड १२ लाख ८३ हजार रुपैयाँ पुर्याएको बैंकको वार्षिक प्रतिशेयर आम्दानी १३ रुपैयाँ १३ पैसा छ । बैंकको जगेडा कोषमा १० करोड ८६ लाख रुपैयाँ सञ्चित छ ।

त्यसैगरी समीक्षा अवधिसम्मा ३ अर्ब ३५ करोड ६१ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३ अर्ब ४ करोड ६७ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

चालु वर्षको ६ महिनामा बैंकको खुद ब्याज आम्दानी ८ करोड ३३ लाख रुपैयाँ छ । गत वर्षको तुलनामा बैंकले खुद ब्याज आम्दानी ९३ लाख ४७ हजार वृद्धि गरेको हो । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ७ करोड ३९ लाख रुपैयाँ थियो ।

बैंकमा निष्कृय कर्जा अनुपात केही बढेर ०.५७ प्रतिशतमा पुगेपछि बैंकले सम्भावित कर्जा नोक्सानी वापत एक करोड व्यवस्था गरेको छ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।