लक्ष्मी बैंकको बोनस सुरक्षित गर्ने आइतबार अन्तिम दिन

Jan 27, 2019 Merolagani

लक्ष्मी बैंक (LBL) ले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको चुक्ता पूँजीको ८.५० प्रतिशत बोनस शेयर सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ। माघ १४ गतेदेखि बैंकले साधारण सभाका लागि बुकक्लोज गर्ने भएकाले आइतबारसम्म कायम शेयरधनीले मात्र बोनस पाउनेछन् ।

माघ १० गते बिहीबार बैंककाे शेयर प्रतिकित्ता २२३ रूपैयाँमा काराेबार भएकाे छ ।

बैंकको माघ २८ गते आह्वान गरेको अठारौं वार्षिक साधारण सभाले ६९ करोड ८८ लाख रुपैयाँ बराबरको बोनस शेयर र बोनसको कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.४५ प्रतिशत अर्थात ३ करोड ६७ लाख रुपैयाँ बराबरको नगद लाभांश पारित गर्नेछ ।

यस्तै बैंकिङ्ग व्यवसायका साथसाथै आफ्नो व्यवसायको क्षेत्र विस्तार गर्नका लागि प्रबन्धपत्र तथा नियमावलीमा संसोधन मार्फत बीमा, धितोपत्र व्यवसाय, स्टक एक्सचेञ्ज फिन्टेक लगायतका व्यवस्था थप गर्ने भएको छ।

सभामा बैंकले सम्बन्धित निकायको स्वीकृती लिई बैंक आफैँ वा स्वदेशी वा सवदेशी स्वामित्वमा रहेको कम्पनीहरुसँग संयुक्त लगानीमा वा सञ्चालनमा रहेको कम्पनीको पुरै वा आंशिक शेयर खरिद गरि अथवा सहायक कम्पनी मार्फत जीवन बीमा, निर्जीवन बीमा, पुनर्बीमा, भेञ्चर क्यापिटलरप्राइभेट इक्विटीरहेज फण्ड, क्रेडिट रेटिङ्ग, शेयर ब्रोकर, स्टक एक्सचेन्ज, फिन्टेक सम्बन्धि कार्यहरु गर्ने थप निर्णयलाई निरन्तरता दिने विशेष प्रस्ताव गरेको छ ।

यस्तै बैंक र उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्नेरगाभिने वा प्राप्ती गर्ने आवश्यक सम्पूर्ण प्रकृया पूरा गर्न सञ्चालक समितिलाई दिएको अख्तियारीलाई निरन्तरता दिने प्रस्ताव छ ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब २२ करोड १६ लाख ६७ हजार रुपैयाँ रहेको छ । प्रस्तावित ८.५० प्रतिशत (६९ करोड ८८ लाख ४१ हजार ६९५ रुपैयाँ) बोनस पश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब ९२ करोड पाँच लाख पुग्नेछ ।

साधारण सभा माघ २८ गते सोमबार अग्रवाल भवन कमलपोखरीमा दिउँसो २ बजे बोलाइएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।