साताको शेयर बजारमा तामाकोशीको दबदबा

Jan 26, 2019 Merolagani

- तीर्थराज पाैड्याल।
यस साताको शेयर बजारमा अपर तामाकोशीको शेयर कारोबारले प्रमुख स्थान हासिल गरेकाे छ। नेप्सेले सार्वजनिक गरेको साप्ताहिक रिर्पोट अनुसार कम्पनी बजार पूँजीकरण बाहेकका कारोबार भएको रकम, संख्या, र कित्ताको हिसाबले अग्रस्थानमा रहँदै लिडर बनेकाे हाे ।

यस साता कम्पनीको शेयर सबैभन्दा धेरै ४८ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । कम्पनीको १६ लाख ५३ हजार कित्ता शेयर २८ हजार ८७७ पटक किनबेच हुँदा सो रकममा कारोबार भएको हो ।

तामाकोशीको शेयरमा आकर्षण बढेकै कारण समग्र जलविद्युत उपसमूहको कारोबार रकम गत साताको तुलनामा ५६५ प्रतिशतले बढेको छ । 

यस साता जलविूत उपसमूहमा मात्रै ५२ करोड २१ लाख ४० हजार बराबरको शेयर कारोबार भएको छ । गत साता यस समूहमा ७ करोड ८४ लाख ५० हजार बराबरको मात्र कारोबार भएको थियो ।

सातामा भएको कूल कारोबारमा जलविद्युत समूहको हिस्सा ३२ प्रतिशत माथि पुगेको छ। कूल कारोबारमा बैंकिङ्गको हिस्सा २८ प्रतिशत र बाँकी अरू ९ उप समूहहरूको रहेको छ। हालसम्म बैंक तथा वित्तिय संस्थाको कारोबारको दबदबाले अन्य समूहको कारोबारलाई डोमिनेश गर्दै आएको थियो ।

सातामा कूल १८६ कम्पनीका ५५ लाख ४८ हजार ५४० कित्ता शेयर एक अर्ब ६२ करोड ५७ लाख ८०हजार रुपैयाँमा खरिद बिक्री भएका छन् । गत साताको तुलनामा कारोबार रकम १२.२० प्रतिशतले घटेको हो । गत साता १८४ कम्पनीका ५३ लाख ७० हजार ३८० कित्ता शेयर एक अर्ब ८५ करोड २०९ लाख रुपैयाँमा कारोबार भएका थिए ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएपछि शेयर बजारको संरचनामै आमूल परिवर्तन देखिएको हो। सूचीकरणको एक सातामा नै कम्पनीके शेयरमूल्यमा देखिएको तिब्र उतार चढावले कम्पनी उत्कृष्ट पूँजीकरण हुने दश कम्पनीबाट भने बाहिरिएको छ ।

तामाकोशीको यस साता २९ अर्ब एक करोड ६६ लाख रुपैयाँ पूँजीकरण रहेको छ । दशौं ठूलो पूँजीकरण हुने एनएमबि बैंकको ३० अर्ब ६८ करोड १९ लाख पूँजीकरण छ भाने नेपाल टेलिकमको सबैभन्दा धेरै एक खर्ब ९ अर्ब ५० करोड रहेको छ ।

विगतको केही साता तामाकोशीको शेयरमूल्य वृद्धि हुँदा समग्र नेप्से परिसूचक नै सकारात्मक बन्न सहयोग पुगेको थियो । यसअघि उच्च पूँजीकरण भएका नेपाल टेलिकम, र बैंकिङ्ग उप समूहले धेरै हदसम्म सूचकलाई ड्राइभ गर्ने गरेको थियो । आठ लाख भन्दा धेरै शेयरधनी भएको यस कम्पनीले बजार विविधिकरण पनि गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।