एसबिआई बैंक पनि अर्बपति क्लबमा, अन्य सूचाङ्कमा यस्तो छ प्रगति

Jan 27, 2019 Merolagani

- तीर्थराज पाैड्याल।
नेपाल एसबिआई बैंक (SBI) चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब माथि खुद नाफा कमाउँदै अर्ब कमाउने बैंककाे सूचीमा परेकाे छ। बैंकले अन्य आम्दानीका सूचकहरुमा पनि सुधार भएको छ भने खराब कर्जा अनुपात, काेषकाे लागत, आधार ब्याजदर र वितरण योग्य नाफामा भने गिरावट आएकाे छ।

एसबिआई बैंकले आइतबार सार्वजनिक गरेको नेपाल फाइनान्सियल रिर्पोटिङ्ग स्टयाण्डर्ड (एनएफआरएस) रिर्पोट अनुसार बैंकले एक अर्ब दुई करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा १२.०२ प्रतिशतले बढेको हो। गत वर्ष बैंकले ९१ करोड ३० लाख रुपैयाँ आर्जन गरेको थियो।

राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया, एभरेष्ट, सिद्धार्थ र प्रभु बैंक गरि अन्य ५ वाणिज्य बैंकले पुस मसान्तसम्ममा एक अर्ब माथि खुद नाफा आजर्न गरेका छन्।

फ्रि प्रोफिटमा संकुचन
चालू आवको दोस्रो त्रैमासमा राष्ट्र बैंकको रेगुलेटरी एड्जस्टमेन्टमा १२ करोड ५ लाख रुपैयाँ व्यवस्था गर्दा बैंकको फ्रि प्रोफिट खुद नाफा भन्दा घटेको हो। एनएफआरएस रिर्पोट अनुसार बैंकले ९० करोड २२ लाख रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) आर्जन गरेको छ।

गत वर्षको यसै अवधिको तुलनामा बैंकको फ्रि प्रोफिट एक करोड ८ लाख रुपैयाँले घटेको हो । गत वर्षको पुस मसान्तमा बैंकले ९१ करोड ३० लाख फ्रि प्रोफिट कमाएको थियो ।

एनएफआरएस रिर्पोट अनुसार रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने फ्रि प्रोफिट केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपछि बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ।

निक्षेप संकलनमा भन्दा कर्जा परिचलनमा जोड

यस अवधिमा बैंकले निक्षेप संकलनमा भन्दा कर्जा परिचलनमा जोड दिएको देखिन्छ । बैंकले गत वर्षको सोही अवधिको तुलनामा १४.८७ प्रतिशतले निक्षेप संकलन बढाएको हो भने २७.४५ प्रतिशत धेरै कर्जा परिचालन गरेको छ ।

चालू आवको दोस्रो त्रैमासमा ९७ अर्ब ८३ करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ९० अर्ब ९२ करोड ३७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको पुस मसान्तमा बैंकको निक्षेप संकलन ८५ अर्ब १६ करोड ९२ लाख र कर्जा लगानी रकम ७१ अर्ब ३४ करोड १२ लाख रहेको थियो ।

 

नोट:रकमलाई हजारमा देखाइएको छ ।

 

खराब कर्जा अनुपातमा वृद्धि

व्यवसायको आकारमा बढोत्तरी भएसँगै बैंकको खराब कर्जा अनुपातमा केही बढोत्तरी भएको छ । गत आवको प्रथम त्रैमासमा बैंकको खराब कर्जा ०.१३ प्रतिशतबाट ०.१९ प्रतिशतमा बढेको छ।

बैंकको प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ९३ पैसा छ भने मूल्य आम्दानी अनुपात १६.०७ गुणा बढी छ।

खुद ब्याज आम्दानी दुई अर्ब १८ करोड

यस अवधिमा एसबिआई बैंकले दुई अर्ब १८ करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्ष यसै अवधिको तुलनामा १६.११ प्रतिशत धेरै हो । गत अवको प्रथम त्रैमासमा बैंकले एक अर्ब ८८ करोड ४७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

प्रतिशेयर आम्दानीमा बढ्यो

समीक्षा अवधिमा नेपाल एसबिआई बैंकको पूँजी वृद्धिको अनुपातमा आम्दानी वृद्धिको अनुपातमा सुधार आउँदा बैंकको प्रतिशेयर आम्दानी पनि सुधारिएको छ । पाँच प्रतिशतले चुक्ता पूँजी बढाएको बैंकको इपिएस ६.७० प्रतिशतले बढेको हो।

समीक्षा अवधिमा प्रतिशेयर आम्दानी २२ रुपैयाँ ६९ पैसाबाट बढेर २४ रुपैयाँ २१ पैसा कायम भएको छ। ८ अर्ब ४ करोड ६९ लाख रहेको चुक्ता पूँजी ८ अर्ब ४४ करोड ९२ लाख पुगेको छ।

जगेडा कोष पनि सुधारियो

यस अवधिमा बैंकको जगेडा कोषमा सञ्चित रकम ४ अर्ब ४७ करोड १८ लाख रुपैयाँ पुगेको छ । गत वर्ष पुस मसान्तमा बैंकको जगेडा कोयाको आकार ३ अर्ब ६९ करोड २७ लाख रहेको थियो।

समीक्षा अवधिमा बैंकले जगेडा कोषमा २१.१० प्रतिशतले सुधार गरेको हो।

आधारदर र काेषकाे लागतमा देखिएन सुधार

गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा धेरै वाणिज्य बैंकको आधार ब्याजदर घटेपनि एसबिआई बैंकको भने बढेको छ। बैंकको गत आवको यसै अवधिमा ९.५० प्रतिशत रहेको आधारदर ९.८२ प्रतिशतमा बढेको हो।

त्यसैगरि बैंकको कोषको लागत पनि ५.१४ बाट बढेर ५.९१ प्रतिशतमा बढेको छ । यद्यपी अन्य धेरै बैंकहरुको तुलनामा यस बैंकको निक्षेप संकलन लागत थोरै नै देखिन्छ।

यसरी प्रयोग गर्नुहोस् डेटा एनालिटिक्स

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।