समता माइक्रोफाइनान्सकाे अधिकांश सूचक उत्साहजनक, खुद नाफा १८० प्रतिशतले बढ्यो

Jan 27, 2019 Merolagani

समता माइक्रोफाइनान्स (SMATA) ले चालू आर्थिक वर्षको दोसो त्रैमासमा अधिकांश सूचहरुमा उत्साहजन प्रगति गरेको छ। कम्पनीले निक्षेप संकलन, कर्जा विस्तार, ब्याज आम्दानी, खुद नाफा, जगेडा कोष र खराब कर्जा अनुपातमा सुधार गरेको हो।

गत आवको पुस मसान्तको तुलनामा समताले खुद नाफा १८०.२५ प्रतिशतले खुद नाफा बढाएको हो । लघुवित्तको गत वर्ष यस अवधिमा २५ लाख ७५ हजार खुद नाफा कमाएकोमा ७२ लाख १७ हजार पुर्याएको हो ।

लघुवित्तले खराब कर्जा अनुपातमा पनि सुधार गरेको छ । खराब कर्जा अनुपात १.३२ बाट ०.६४ प्रतिशतमा झरेको छ ।

समीक्षा अवधिमा कम्पनीले निक्षेप संकलन र कर्जा परिचालन रकम दोब्बर बनाएको छ । पुस मसान्तसम्ममा लघुवित्तले ३६ करोड ७१ लाख निक्षेप संकलन र ५८ करोड ४१ लाख रुपैयाँ सापटी गरेर एक अर्ब २ करोड ५१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस अवधिमा माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी १ करोड ७३ लाख रुपैयाँबाट २ करोड ८३ लाख रुपैयाँ पुगेको छ ।

लघुवित्तले यसअघि जारी गरेको ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी ५ करोड ६८ लाख ६० हजार कायम भएको छ । कम्पनीको जगेडा कोष एक करोड ४२ लाखबाट १६४.७८ प्रतिशतले वृद्धि भई ३ करोड ७८ लाख रुपैयाँ सञ्चित हुन पुगेको छ ।

माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५८ पैसाबाट बढेर २५ रुपैयाँ ३८ पैसा कायम भएको छ । प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ ४७ पैसा रहेको यस लघुवित्तको मूल्य आम्दानी अनुपात ४३.७८ गुणा बढी छ ।

साराथि लघुवित्तको खुद नाफा ४३ लाख

तनहुँको दमौलीमा केन्द्रीय कार्यालय रहेको साराथि लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४३ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

यस अवधिमा लघुवित्तले १० करोड ८ लाख निक्षेप संकलन र ३५ करोड ३८ लाख रुपैयाँ सापटी लिएर ४७ करोड ९० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । यसबाट कम्पनीले एक करोड २ लाख खुद व्याज आम्दानी गरेको छ भने १८ लाख ३७ हजार सञ्चालन नाफा कमाएको छ ।

सात करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ३२ पैसा रहेको छ । यस्तै लघुवित्तले जगेडा कोषमा १५ लाख ५५ हजार रुपैयाँ सञ्चित भने कम्पनीको ०.२३ प्रतिशत खराब कर्जा अनुपात रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।