समीक्षा अवधिमा बैंकको खुद नाफा ४ करोड ७६ लाख रुपैयाँले बढेको हो ।
यस अवधिमा बेंकले १६ अर्ब १० करोड २३ लाख रुपैयाँ निक्षेप संकलन गरेर १४ अर्ब ५२ करोड ३६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
यस्तै १ अर्ब ७ लाख रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले ५९ करोड ७५ लाख रुपैयाँ ब्याज खर्च गर्दा ४० करोड ९९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत बर्ष यसै अवधिमा बैंकले ३० करोड ३१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकको चुक्ता पूँजी एक अर्ब ६२ करोड २६ लाख रुपैयाँ छ भने जगेडा कोषमा ५३ करोड ४ लाख रुपैयाँ सञ्चित छ ।
बैंकको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ५३ पैसा, प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ६९ पैसा र मूल्य आम्दानी अनुपात ९.७४ गुणा बढी छ । बैंकको निष्कृय कर्जा अनुपात ०.१७ प्रतिशत छ ।