सहयोगी, काबेली र कन्काई विकास बैंकको यस्तो छ दोस्रो त्रैमास हाइलाईटस्

Jan 28, 2019 Merolagani

सोमबार तीन विकास बैंकहरु सहयोगी,काबेली र कन्काइले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिकाे अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। जसमा कन्काई विकास बैंककाे ३६, काबेलीकाे २९ तथा सहयाेगी विकास बैंकको खुद नाफा १५ प्रतिशत बढीले सुधार भएकाे छ।

खुद नाफा

समीक्षा अवधिमा कन्काई विकास बैंकको खुद नाफा सबैभन्दा धेरै बढेर दुई करोड ६२ लाख रुपैयाँ पुगेको छ । गत आवको पुस मसान्तमा बैंकको खुद नाफा एक करोड ९१ लाख रहेको थियो ।

चालू आर्थिक वर्षको ६ महिना अवधिमा काबेली विकास बैंकको खुद नाफा एक करोड ३ लाख रुपैयाँ रहेको छ । गत आवको पुस मसान्तमा बैंकको खुद नाफा ८० लाख १८ हजार रहेको थियो ।

सहयोगी विकास बैंकले चालू आवको पुसमसान्तमा पाँच करोड ४ लाख खुद नाफा गरेको छ । बैंकको गत आवको यसै अवधिमा चार करोड ३८ लाख रुपैयाँ रहेको थियो ।

प्रतिशेयर आम्दानी

चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कन्काई विकास बैंकको प्रतिशेयर आम्दानी सबैभन्दा धेरै बढेको छ । गत आर्थिक वर्षको पुस मसान्तमा ८ रुपैयाँ १५ पैसा रहेको बैंकको प्रतिशेययर आम्दानी २८.५९ प्रतिशत बढेर १० रुपैयाँ ४८ पैसा कायम भएको हो । यस अवधिमा बैंकको चुक्ता पूँजी ४७ करोड १० लाखबाट ६.१६ प्रतिशले बढेर ५० करोड पुगको छ ।

त्यसैगरि सहगोगि विकास बैंकको प्रतिशेयर आम्दानी पनि १५.०४ प्रतिशतले बढेको छ । बैंकको गत पुसमा १७ रुपैयाँ २२ पैसा रहेको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ८१ पैसा पुगेको हो । यस अवधिमा बैंकको चुक्ता पूँजी ५० करोड ९६ लाख रुपैयाँमा स्थिर रहेको छ ।

काबेली विकास बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ । बैंकको गत पुस मसान्तमा १३ रुपैयाँ ९७ पैसा प्रतिशेयर आम्दानी रहेकोमा चालू आवको यसै अवधिमा ७ रुपैयाँ ३१ पैसामा सीमित बनेको हो ।

गत पुसमा रहेको ११ करोड ४७ लाख चुक्ता पूँजीलाई १४७ प्रतिथशतले बढाएर २८ करोड ४२ लाख पुर्याएको बैंकले पूँजी वृद्धिको अनुपातमा खुद नाफा सुधार गर्न नसक्दा इपिएस उच्च घटेको हो ।

खराब कर्जा अनुपात

समीक्षा अवधिमा काबेली विकास बैंक र सहयोगी विकास बैंकको खराब कर्जा अनुपात बढेको छ भने कन्काई विकास बैंकको घटेको छ ।

चालू आर्थिक वर्षको पुस मसान्तमा काबेली विकास बैंकको खराब कर्जा ४.४१ प्रतिशत छ भने सहयोगीको १.६३ प्रतिशत र कन्काईको ०.७६ प्रतिशत रहेको छ ।

निक्षेप संकलन र कर्जा परिचालन

चालू आर्थिक वर्षको ६ महिना अवधिमा तीनवटै विकास बैंकले गत आवको यसै अवधिमाको तुलनामा २५ देखि ३५ प्रतिशतको हाराहारीमा निक्षेप र कर्जा लगानी बढाएका छन् ।

यस अवधिमा सहगोगि विकास बैंकले ४ अर्ब ३४ करोड ६८ लाख निक्षेप संकलन गरि ३ अर्ब ६८ करोड १२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । कन्काई विकास बैंकले पनि ६ महिना अवधिसम्ममा एक अर्ब ९० करोढ ९८ लाख रुपैयाँ निक्षेप संकलन गरि एक अर्ब ८२ करोड ३६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस्तै काबेली विकास बैंकले ८६ करोड ७८ लाख निक्षेप संकलन गरि ७८ करोड ३२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

समीक्षा अवधिमा काबेली विकास बैंकको निक्षेप र कर्जा दुबैको वृद्धि प्रतिशत अन्य दुई विकास बैंकको भन्दा धेरै रहेको छ ।

जगेडा कोष

सोमबार वित्तीय विवरण प्रकाशन गरेका तीनमध्ये दुई विकास बैंकहरु काबेली र कन्काईको जगेडा कोषको आकार घटेको छ भने सहयोगी विकास बैंकको मात्र बढेको छ ।

सहगोगी विकास बैंकको जगेडा गत पुसको तुलनामा ७७ प्रतिशतले बढेर २६ करोड ५२ लाख रुपैयाँ पुगेको छ । काबेली विकास बैंकको २८ प्रतिशतले घटेर ४ करोड ११ लाखमा र कन्काईको २६ प्रतिशतले घटेर ६ करोड ८८ लाख रुपैयाँमा झरेको छ ।

 

नाेट: रकमलाइ हजारमा देखाइएकाे छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।