चुक्ता पूँजी १० करोड ९७ लाख रहेको लघुवित्तको जगेडा कोषमा एक करोड ७४ लाख रुपैयाँ सञ्चित छ ।
लघुवित्तले २० करोड ४२ लाख निक्षेप संकलन र ३७ करोड ६३ लाख सापटीबाट ७२ करोड १३ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ ।
यस अवधिमा लघुवित्तले २ करोड ९४ लाख खुद ब्याज आम्दानी गरेको छ । गत बर्षको यसै अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २ करोड १५ लाख रहेको थियो ।
लघुवित्तको निष्क्रिय कर्जा अनुपात ०.८६ बाट १.३० प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५४ पैसा रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ९० पैसा र मूल्य आम्दानी अनुपात ५०.२४ गुणा बढी छ ।