जनउत्थान लघुवित्तको बोनस प्रस्ताव

Jan 29, 2019 Merolagani

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था (JSLBB) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। सोमबार बसेको सञ्चालक समिति बैठकले कम्पनीको चुक्ता पुँजी २ करोड ८८ लाख रुपैयाँको २० प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश स्वीकृतीका लागि राष्ट्र बैंक पठाउने निर्णय गरेको हो ।

अघिल्लाे वर्षमा पनि कम्पनीले २० प्रतिशत बोनस र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे ।

यसअनुसार लघुवित्तले  ५७ लाख ६० हजार रूपैयाँकाे बाेनस शेयर र  बोनसमा लाग्ने कर प्रयोजनका लागि ३ लाख ३ हजार १५७ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ। उक्त लाभांश राष्ट्र बैंकले स्वीकृत प्रदान गरि लघुवित्तको आगामी वार्षिक साधारण सभामाबाट अनुमोदन पश्चात मात्र शेयरधनीले पाउनेछन् ।

 

लघुवित्तले यस अघिको वार्षिक साधारण सभाबाट शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित भइ प्रकृयामा रहेकाले उक्त हकप्रदलाई समायोजन गर्दा बोनसदर १० प्रतिशत कायम हुने कम्पनीले स्पष्ट पारेको छ ।

हाल २ करोड ८८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको हकप्रद र बोनसपछि ६ करोड ३३ लाख ६० हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

चालु आर्थिक वर्षको पहिलाे त्रैमासमा लघुवित्तले ४७ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएर  प्रतिशेयर आम्दानी वार्षिक ५७ रुपैयाँ ९७ पैसा  कायम गरेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।