माइक्रोफाइनान्स सञ्चालक समितिको माघ १५ गते मंगलबार सम्पन्न ८१ औं सञ्चालक समितिको बैठकले हकप्रद निष्काशन गर्न माघ २४ गते बिहीबार एकदिन बुकक्लोज गर्ने निर्णय गरेको हो ।
यसअनुसार माघ २३ गते बुधबारसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीले मात्र हकप्रद भर्न पाउनेछन् ।
माइक्रोफाइनान्सले बोर्डबाट माघ १४ गते सोमबार गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको चुक्ता पूँजीको १५ प्रतिशत बोनस पश्चात कायम चुक्ता पूँँजी ३२ करोड ८९ लाख रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्न अनुमति पाएको थियो।
हाल माइक्रोफाइनान्सलको चुक्ता पूँजी ३२ करोड ८९ लाख रुपैयाँ छ । हकप्रदपछि माइक्रोफाइनान्सको चुक्ता पूँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ ।
गत कात्तिक ९ मा सम्पन्न छैटौं वार्षिक साधारण सभाले कायम पूँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो।
चालु आर्थिक वर्षमा पुस मसान्तसम्ममा माइक्रोफाइनान्सले ६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ६२ पैसा कायम गरको छ।
मेरो माइक्रोफाइनान्सको नाफा झण्डै दोब्बर, सञ्चालन नाफा ९ करोड ७२ लाख