यस अवधिमा लघुवित्तले चुक्ता पूँजी ६ करोडबाट २० प्रतिशत बढाएर ७ करोड २० लाख पुर्याएको छ भने जगेडा कोषको आकार एक करोड बढाएर १६ करोड २४ लाख रुपैयाँ सञ्चित गरेको छ ।
लघुवित्तले ७९ करोड १३ लाख निक्षेप संकलन र ७७ करोड ७० लाख सापटीबाट एक अर्ब ७३ करोड ६७ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ । समीक्षा अवधिमा २० प्रतिशतले निक्षेप बढाएको लघुवित्तको कर्जा लगानी रकम ३० प्रतिशतले बढेको हो ।
यस अवधिमा लघुवित्तले ६ करोड ७६ लाख खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा २९ लाख २४ हजार रुपैयाँले बढी हो । गत वर्षको यसै अवधिमा लघुवित्तले ६ करोड ४६ लाख खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी २ रुपैयाँ ६३ पैसाले घटेको छ । गत वर्षको पुस मसान्तमा ५८ रुपैयाँ ९८ पैसा प्रतिशेयर आम्दानी रहेको लघुवित्तको चालु आर्थिक वर्षको यसै अवधिमा ५६ रुपैयाँ ३५ पैसामा झरेको हो ।
लघुवित्तको निष्क्रिय कर्जा अनुपात सुधार भई १.७४ प्रतिशत रहेको छ भने प्रतिशेयर नेटवर्थ ३२५ रुपैयाँ ५७ पैसा र मूल्य आम्दानी अनुपात ४६.५० गुणा बढी छ ।