मंगलबार रिर्पाेट निकालेका आठ विकास बैंकको यस्तो छ दोस्रो त्रैमासकाे प्रगति

Jan 29, 2019 Merolagani

मंगलबार ८ वटा विकास बैंकहरुले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन्। जसमा कैलाश, गरिमा, सांग्रिला डेभललपमेन्ट, एक्सेल, वेष्टर्न डेभलपमेन्ट, मितेरी, हाम्रो र भार्गव विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।

माघ १५ गते मंगलबार वित्तीय विवरण प्रकाशित गरेका प्राय सबै विकास बैंकहरुको एकाध बाहेक धेरै सूचकहरु सुधारात्मक देखिएका छन् ।

खुद नाफा

आठ विकास बैंकहरु मध्ये गरिमा विकास बैंक अधिकांश सूचकमा अब्बल देखिएको छ । बैंकले यस त्रैमाससम्ममा २७ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएर पहिलो स्थानमा रहेको छ। बैंकले गत वर्षको तुलनामा खुद नाफा ५४.८१ प्रतिशतले बढाएको हो । गत वर्ष बैंकले १८ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा भार्गव विकास बैंकले खुद नाफा १७०.३३ प्रतिशतले नाफा बढाएको छ । गत वर्ष एक करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले यस अवधिमा ३ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको हो।

एक जिल्ला कार्यक्षेत्र रहेको हाम्रो विकास बैंकको सबैभन्दा खुद नाफा सबैभन्दा कम रहेको छ । पुस मसान्तसम्ममा बैंकले २ करोड ४१ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको हो । गत वर्ष २ करोड २१ लाख रुपैयाँ कमाएको बैंकले खुद नाफा ९.१७ प्रतिशतले बढेको हो ।

चुक्ता पूँजी

चुक्ता पूँजीको आधारमा राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको विकास बैंकको पूँजी धेरै छ । तीनवटै विकास बैंकले न्यूनतम दुई अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी कायम गरेका छन् ।

गरिमा विकास बैंकको सबैभन्दा धेरै दुई अर्ब ७८ करोड रुपैयाँ छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले गत वर्षको तुलनामा १० प्रतिशतले चुक्ता पूँजी बढाएको हो । यस्तै सांग्रिला विकास बैंकको पनि २ अर्ब ६० करोड रुपैयाँ र कैलाश विकास बैंक २ अर्ब ५२ करोड रुपैयाँ चुक्ता पूँजी छ ।

क्षेत्रिय स्तरका अन्य विकासहरुले पनि राष्ट्र बैंकले तोकेको न्यूनतम ५० करोड रुपैयाँ चुक्ता पूँजी कायम गरेका छन् । तर पछिल्लो व्यवस्था अनुसार प्रदेशस्तरमा कार्यक्षेत्र रहने विकासले एक अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी कायम गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

प्रतिशेयर आम्दानी

आठ विकास बैंकमध्ये सबैभन्दा धेरै प्रतिशेयर आम्दानी एक्सेल डेभलपमेन्ट बैंकको २३ रुपैयाँ ८३ पैसा कायम छ । बैंकको इपिएस गत वर्षको यसै अवधिको तुलनामा ९.८७ प्रतिशतले बढेको हो।

धेरै खुद नाफा आम्दानी गर्ने गरिमा विकास बैंकको प्रतिशत आम्दानी पनि उच्च नै छ । गत वर्ष तुलनामा ४०.७० प्रतिशतले वृद्धि भएर कम्पनीको प्रतिशेयर आम्दनी २० रुपैयाँ ०५ पैसा पुगेको छ ।

सांग्रिला विकास बैंकको प्रतिशेयर आम्दानी सबै भन्दा धेरै ३९.१४ प्रतिशतले घटेको छ । गत वर्षको यहि अवधिमा २३ रुपैयाँ ५८ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी यस अवधिमा १४ रुपैयाँ ३५ पैसामा सीमित भएको हो।
८ विकास बैंकमा हाम्रो विकास बैंकको प्रतिशेयर आम्दानी सबै भन्दा कम ९ रुपैयाँ ६० पैसा छ ।

 

जगेडा कोष

यस अवधिमा कैलाश विकास बैंकको जगेडा कोष सबैभन्दा मजबुत देखिएको छ । बैंकले गत वर्षको तुलनामा १६.८७ प्रतिशतले बढाएर ९३ करोड ६८ लाख रुपैयाँ संचित गरेको छ । गत वर्ष बैंकको जगेडा कोषमा ८० करोड १६ लाख रुपैयाँ सञ्चित थियो ।

यस्तै सांग्रिला विकास बैंकको जगेडा कोष ७.८० प्रतिशतले घट्दा पनि दोस्रो स्थानमा छ । बैंकले गत वर्ष ७३ करोड २१ लाख रुपैयाँ रहेको जगेडा कोष ६७ करोड ५० लाख रुपैयाँमा खुम्चिएको हो ।

मितेरी डेभलपमेन्ट बैंकको जगेडा कोष सबैभन्दा धेरै ९०.७२ प्रतिशतले बढेको छ । गत वर्ष १२ करोड ८४ लाख रुपैयाँ रहेको जगेडा कोषमा बैंकले यसअवधिमा २४ करोड ४९ लाख रुपैयाँ पुर्याएको छ ।

हाम्रो विकास बैंकको जगेडा कोष ३६.६७ प्रतिशतले घटेको छ। गत वर्ष १० करोड ३६ लाख रुपैयाँ संचित जगेडा कोष ६ करोड ५६ लाख रुपैयाँमा झारेको हो ।

सबैभन्दा कम जगेडा कोष रहेको वेष्टर्न डेभलपमेन्ट बैंकको जगेडा कोष सबैभन्दा कम ५ करोड १७ लाख रहेको छ । गत पुसमा बैंकको जगेडाकोषमा ८ करोड १७ लाख रहेको थियो ।

निक्षेप तथा कर्जा परिचालन

निक्षेप संकलन तथा कर्जा परिचालमा गरिमा विकास बैंक सबैभन्दा अगाडि छ। यस अवधिमा बेंकले २६ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब ५२ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ।

यस्तै कैलाश विकास बैंकले पनि २६ अर्ब ७२ करोड निक्षेप संकलन गरी २३ अर्ब ५४ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

यस अवधिमा हाम्रो विकास बैंकले सबैभन्दा कम एक अर्ब ७९ करोड रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । एक जिल्लामा मात्र कार्यक्षेत्र रहेको विकास बैंकको निक्षेप संकलन र कर्जा लगानी पनि थोरै देखिएको हो। बैंक ज्योति विकास बैंकसँग प्राप्ती हुने प्रकृयामा समेत रहेको छ।

खराब कर्जा अनुपात

खराब कर्जा अनुपात पनि गरिमा विकास बैंकको सबैभन्दा कम छ । गत वर्ष ०.४७ प्रतिशत रहेको यो अनुपात यस अवधिमा ०.२८ प्रतिशतमा झरेको छ । यो गत वर्षको तुलनामा ४०.७० प्रतिशतले कम हो ।

वेष्टर्न, कैलाश, हाम्रो र भार्गव विकास बैंकको खराब कर्जा अनुपात घटाएको छ भने एक्सेल, मितेरी र संग्रिलाको खराब कर्जा अनुपातमा वृद्धि भएको छ ।

सांग्रिला विकास बैंकको खराब कर्जा अनुपात सबैभन्दा धेरै १.२४ प्रतिशत छ ।

(स्पष्टिकरण राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको र तीन वा दश जिल्लामा क्षेत्रिय कार्यक्षेत्र रहेको बैंकले गरेकाे नाफा रकमकाे आधारमा मात्र मूल्याङ्कन गर्नुभन्दा गत आवको पुस र हालको रिर्पोटमा हरेक सूचाङ्कहरुमा प्रतिशतका आधारमा गरेको वृद्धिदर र प्रतिशेयर आम्दानीको रुपमा तुलना गर्दा  बैंककाे प्रगति मापन गर्नु बढी सान्दर्भिक हुन्छ ।)

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।