प्राइम लाइफकाे खुद बीमा शुल्क ३०.९९% वृद्धि, व्यवस्थापन खर्च बढ्दा नाफामा गिरावट

Jan 30, 2019 Merolagani

प्राइम लाइफ इन्स्योरेन्स (PLIC) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब २२ करोड २८ लाख खुद बीमा शुल्क आर्जन गरेको छ। यो गत वर्षको यहि अवधिको तुलनामा ३०.९९ प्रतिशत अर्थात २८ करोड ९३ लाख रुपैयाँले बढी हो। 

गत वर्ष पुस मसान्तसम्म इन्स्याेरेन्स कम्पनीले ९३ करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले लगानी कर्जा तथा अन्य आयवाट ३६ करोड ९६ लाख रुपैयाँ र बीमालेख धितोमा कर्जाबाट ३ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले बीमालेख धितोमा ७० करोड ४३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

समीक्षा अवधिमा इन्स्योरेन्स कम्पनीले ९ करोड ५ लाख खुद नाफा गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २ करोड ४६ लाख रुपैयाँले कम हो । गत वर्ष कम्पनीले ११ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको व्यवस्थापन खर्च ४१.९४ प्रतिशतले बढ्दा खुद नाफामा कमी आएको हो । गत वर्ष १४ करोड ७२ लाख रुपैयाँ रहेको कम्पनीको व्यवस्तथापन खर्च यस अवधिमा २० करोड ८९ लाख रुपैयाँ पुगेको हो ।

चुक्ता पूँजी १ अर्ब ७८ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ९७ करोड ९० लाख, जीवन बीमा कोषमा ७ अर्ब ६८ करोड ९७ लाख र महाबिपत्ती कोषमा ९ करोड ३९ लाख रुपैयाँ संचित छ ।
हालसम्म कम्पनीले १३ अर्ब ४८ करोड ५२ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीले १ हजार ६० दाबी बापत कूल २२ करोड ७८ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ भने ५५ दाबी बापत १ करोड ९२ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ । कम्पनीले हालसम्म १६ लाख ६६ हजार भन्दा बढी बीमालेख जारी गरेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ १४ पैसा, प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ १२ पैसा र मूल्यआम्दानी अनुपात ४९.२९ गुणा बढी छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।