बेष्ट फाईनान्सको खराब कर्जा असुलीमा ब्यापक सुधार

Jan 30, 2019 Merolagani

बेष्ट फाइनान्स (BFC) को चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा सामान्य सुधार भएको छ। यो त्रैमासमा फाईनान्सले तीन करोड ६१ लाख रूपैयाँ आर्जन गरेको छ। यो गत वर्ष यसै अवधिको तुलनामा एक लाख ८६ हजार रूपैयाँले मात्र धेरै हो । 

गत वर्ष पुस मसान्तसम्म फाइनान्सले तीन करोड ५९ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।चुक्ता पूँजी ८१ करोड रूपैयाँ रहेको फाइनान्सको जगेडा कोष १६ करोड ४७ लाख रूपैयाँ नोक्सानीमा छ ।

यस त्रैमासमा फाइनान्स निक्षेप संकलन र कर्जा परिचालनमा आक्रमक रूपमा प्रस्तुत भएको छ । पुस मसान्तसम्म दुई अर्ब ३३ कारोड ४९ लाख रूपैयाँ निक्षेप संकलन गरेको फाईनान्सले दुई अर्ब १७ करोड ५३ लाख रूपैयाँ कर्जा लगानी गरेको छ ।

गत वर्षको तुलनामा फाइनान्सको निक्षेप संकलन दुई अर्ब १६ करोड १२ लाख रूपैयाँ र कर्जा प्रवाह एक अर्ब ९७ करोड तीन लाख रूपैयाँले बढोत्तरी भएको हो ।

चालु आवको दोस्रो त्रैमाससम्मा फाइनान्सले ७ करोड ८२ लाख रूपैयाँ ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा ६ करोड ६० लाख रूपैयाँले धेरै हो । गत वर्षको यसै अवधिमा फाईनान्सले एक करोड २१ लाख रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

फाइनान्सले खराब कर्जा अनुपात सुधार गरेको छ । हाल फाइनान्समा निष्कृय कर्जा अनुपात २१.७० प्रतिशत छ । गत वर्ष यसै अवधिमा फाइनान्सको खराब कर्जा अनुपात ७२.०७ प्रतिशत थियो ।

फाईनान्सको प्रतिशेयर आम्दानी ४ रूपैयाँ ४६ पैसा छ भने प्रतिशेयर नेटवर्थ ७९ रूपैयाँ ६५ पैसा छ । फाइनान्स मूल्यआम्दानी अनुपात २२.४१ गुणा बढी छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।