रसुवागढी हाईड्रोको आईपिओले कति पायो क्रेडिट रेटिङ्ग ?

Jan 30, 2019 Merolagani

रसुवागढी हाईड्रोपावरले निष्काशनमा ल्याउन लागेको एक अर्ब दुई करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको एक करोड दुई लाख ६३ हजार १५० कित्ता आईपिओ रेटिङ्ग भएकाे छ। इक्रा नेपालले उक्त्त आईपिओलाई  'इक्रा एनपि आइपिओ ग्रेड चार प्लस'  ग्रेड प्रदान  गरेको छ ।

यस ग्रेडिङ्गले कम्पनीको अवस्था औसतभन्दा कम आधार रहेको भन्ने जनाउँछ। इक्रा नेपालले १ देखि ५ प्वाइन्ट स्केलमा ग्रेडिङ्ग प्रदान गर्दछ जसमा ग्रेड १ ले बलियो आधारहरु जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरु जनाउँछ ।

त्यसैगरि ग्रेड २, ३ र ४ मा प्रयोग गरिने प्लस चिन्हले त्यस समूहका तुलनात्मक सकारात्मक स्थितिलाई बुझाउँछ । सिद्धार्थ क्यापिटलमार्फत सर्वसाधारणका लागि आइपिओ जारी गर्न कम्पनीले गत मंसिर २८ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।

रसुवागढीले यस अघि कर्मचारी संचय कोषका सञ्चयकर्ता, संस्थापक कम्पनीका कर्मचारी र ऋण दाता संस्थाका कर्मचारीको लागि एक करोड ३३ लाख ४२ हजार ९५ कित्ता आईपिओ बिक्री गरिसकेको छ ।

दोस्रो चरणमा कम्पनीले सर्वसाधारणको लागि शेयर निष्काशन गर्न रेटिङ्ग गराएको हो भने आयोजना प्रभावितका लागि तेस्रो चरणमा मात्र आईपिओ निष्काशन गर्ने भएको छ ।

पल्छिला दिनमा मुद्रा तथा पूँजीबजार सुझाव कार्यदलले दिएको ५८ बुँदा सबैभन्दा कम रेटिङ्ग (ग्रेड ५) प्राप्त गर्ने हाइड्रोपावर कम्पनीहरुलाई आईपिओ निष्काशनमा बन्देज लगाउने ब्यवस्था अनुरुप धितोपत्र बोर्डले प्रकृया अगाडि बढाएको छ। तर यसअघि एक चरण आईपिओ निष्काशन गरिसकेका कम्पनीको हकमा त्यो लागू नहुने बोर्डले जनाएको छ ।

रसुवागढी हाइड्रपावरमा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी रहने छ। जसमध्ये चिलिमेको ३३ र विद्युत प्राधिकरणको १८ तथा सर्वसाधारणको १५, स्थानीयको १०, कर्मचारी सञ्चय कोषका कर्मचारी तथा विद्युत प्राधिकरण र कम्पनीका कर्मचारीको गरी ३.५ प्रतिशत एंव सञ्चयकर्ताको १९.५ प्रतिशत लगानी रहने छ ।

चिलिमे हाइड्रोपावर लिमिटेड र नेपाल विद्युत प्राधिकरणको मुख्य लगानी रहेको रसुवा जिल्लामा निर्माण भईरहेको छ । १३ अर्ब ७८ करोड लागत अनुमान गरिएको १११ मेगावाटको उक्त आयोजना सन् २०२० भित्र सम्पन्न गर्ने लक्ष्य छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।