देशभरका सबै शाखाबाट सहुलियतपूर्ण कर्जा दिने व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन

Jan 30, 2019 Merolagani

नेपाल राष्ट्र बैंकले देशभरका आफ्ना सम्पूर्ण शाखाहरुबाट सहुलियतपूर्ण कर्जा दिने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकले बुधबार परिपत्र जारी गर्दै तत्काल सबै शाखाबाट सहुलियत दरको ऋण दिने व्यवस्था मिलाउन बैंकहरुलाई निर्देशन दिएको हो ।

राष्ट्र बैंकले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि अनुसार योग्य र इच्छुक सर्वसाधारणलाई तत्काल कर्जा उपलब्ध गराउन निर्देशन दिएको हो । बैकहरुले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५’ बमोजिम कर्जा दिन नमानेको सर्वसाधारणबाट गुनासो आएपछि केन्द्रीय बैंकले पुन यस्तो निर्देशन दिएको हो ।

यस अघि राष्ट्र बैंकले गत असोज ११ गते नै बैंक तथा वित्तीय संस्थालाई सहुलियत कर्जा उपलब्ध गराउन परिपत्र जारी गरेको थियो।

सरकारले चालु आर्थिक बर्षको बजेटमा गरेको व्यवस्था अनुसार शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशीलता, दलित समुदाय व्यवसाय विकास, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा, भूकम्प पीडितहरुको निजी घर निर्माण र व्यावसायिक कृषि तथा पशुपञ्छी पालनमा सहुलित दरमा बैंकबाट ऋण उपलब्ध गराउने व्यवस्था गरेको थियो ।

जस अन्तर्गत व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा ५ करोड रुपैयाँसम्म, शिक्षित युवाले शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँसम्म, विदेशबाट फर्केका युवा परियोजना कर्जामा १० लाख रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था छ । यसैगरी महिला उद्यमशील कर्जा १५ लाख रुपैयाँसम्म, दलित समुदाय व्यवसाय विकास कर्जा १० लाख रुपैयाँसम्म, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा ५ लाख रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था कार्यविधिमा छ । जसका लागि पाँच प्रतिशत व्याज अनुदान तोकिएको छ ।

राष्ट्र बैंकले यस्तो व्यवस्था गरेपछि सर्वसाधारणहरु नजिकको बैंक तथा वित्तीय संस्थामा सहुलित दरको कर्जा लिनका लागि सम्पर्क राख्दा बैंकहरु उदासिन भएको भनी जनसाधारणबाट गूनासो आएपछि राष्ट्र बैंकले पुन परिपत्र गरेको हो । राष्ट्र बैंकले आन्तरिक कार्यविधि तयार पारेर देशभरका शाखाबाट कर्जा लिन योग्य र इच्छुकलाई यस्तो कर्जा उपलब्ध गराउन निर्देशन दिएको हो ।


comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।