समीट लघुवित्तको खुद नाफा दुई करोड ६० लाख, प्रतिशेयर आम्दानीमा साढे ४ रूपैयाँ सुधार

Jan 31, 2019 Merolagani

समीट लघुवित्त वित्तीय संस्था (SMFDB) ले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड ६० लाख ७२ हजार खुद नाफा आर्जन गरेको छ। लघुवित्तको खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा ५१.३३ प्रतिशतले वृद्धि भएको हो ।

गत वर्ष पुस मसान्तसम्ममा लघुवित्तले एक करोड ७२ लाख ३० हजार खुद नाफा आर्जन गरेको थियो । 

खुद नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा ४ रुपैयाँ ५६ पैसा बढोत्तरी देखिएको छ । गत वर्ष पुस मसान्तमा वार्षिक २० रुपैयाँ २७ पैसा रहेको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ८३ पैसामा बढेको हो ।

समीक्षा अवधिमा लघुवित्तले १७ करोडको चुक्ता पूँजी २३.५३ प्रतिशतले बढाएर २१ करोड पुर्याएको छ भने जगेडा कोषमा २५.९६ प्रतिशतले सुधार गर्दै ७ करोड १५ लाख सञ्चित गरेको छ ।

लघुवित्तले ६९ करोड ७० लाख निक्षेप संकलन र ७४ करोड ४ लाख सापटीबाट एक अर्ब ५७ करोड ८८ लाख रुपैयाँ बराबरको कर्जा परिचालन गरेको छ । समीक्षा अवधिमा लघुवित्तले २९.६३ प्रतिशतले बचत संकलन र १८.२७ प्रतिशतले ऋण लगानी बढाएको हो ।

यस अवधिमा लघुवित्तले ७ करोड २१ लाख खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको तुलनामा ३७.९८ प्रतिशतले बढी हो । गत वर्ष  पुस मसान्तमा लघुवित्तले ५ करोड २२ लाख खुद ब्याज आम्दानी गरेको थियो ।

लघुवित्तको निष्क्रिय कर्जा अनुपात ०.३८ बाट बढेर १.३६ प्रतिशत पुगेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ६ पैसा र मूल्य आम्दानी अनुपात ५७.६७ गुणा बढी छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।