वार्षिक प्रतिशेयर आम्दानी साढे ६ रुपैयाँ रहेको लघुवित्तको मूल्य आम्दानी अनुपात २१२ गुणा बढी

Jan 31, 2019 Merolagani

शेयर बजारमा सूचीकृत नयाँ नेपाल लघुवित्त (NNLB) को प्रतिशेयर आम्दानीको तुलनामा शेयरमूल्य उच्च रहेको देखिएको छ। लघुवित्तले बिहीबर सार्वजनिक गरेको वित्तीय विवरण अनुसार लघुवित्तको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ३७ पैसा छ भने मूल्य आम्दानी अनुपात २१२.४८ गुणा बढी रहेको छ ।

सिद्धान्तका आधारमा हेर्दा लगानीका लागि मूल्य आम्दानी अनुपात २० वा सो भन्दा कम रहेका कम्पनी उपयुक्त मानिन्छ । तर सबैजसो लघुवित्त कम्पनीहरुमा न्यून पूँजी रहँदा शेयरमूल्य उच्च हुने गरेको छ । 

नयाँ नेपाल लघुवित्तले गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा यस पटक खुद नाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । यद्यपी २५० प्रतिशतले हकप्रद र बोनसबाट चुक्ता पूँजी बढाएको कारण लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ ।

काभ्रेको धुलिखेलमा मुख्य कार्यालय रहेको लघुवित्तले पुस मसान्तसम्ममा २५ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा लघुवित्तले ८ लाख १६ हजार मात्र खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा १७ लाख ७ हजार नाफा बढेको हो ।

नाफा बढेपनि उच्च पूँजी वृद्धिले लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ ।अघिल्लो आर्थिक वर्षमा दोस्रो त्रैमासमा ८ रुपैयाँ १६ पैसा रहेको लघुवित्तको प्रतिशेयर आम्दानी भने ६ रुपैयाँ ३७ पैसामा घटेको छ ।

यस अवधिमा लघुवित्तले २ करोडको चुक्ता पूँजी ५ करोड ९२ लाख २३ हजारले बढाएर ७ करोड ९२ लाख २३ हजार पुर्याएको छ । लघुवित्तको जगेडा कोष भने घटेको छ । गत पुसमा २ करोड ४८ लाख रहेको लघुवित्तको जगेडा कोष २ करोड ३८ लाखमा झरेको हो ।

यस अवधिमा लघुवित्तले दश करोड एक लाख निक्षेप संकलन र ३७ करोड ६० लाख बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएर ५१ करोड २८ लाख कर्जा लगानी गरको छ । यसबाट एक करोड ४७ लाख खुद ब्याज आम्दानी भएको छ ।

लघुवित्तको प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ १५ पैसा तथा मूल्य आम्दानी अनुपात २१२.५८ गुणाले बढी छ । खराब कर्जाको अनुपात पनि बढेको छ । गत पुसमा २.८८ रहेको यस्तो अनुपमत २.९३ प्रतिशतमा बढेको हो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।