एनएमबि बैंकको खुद नाफा एक अर्ब ११ करोड, पूँजीभन्दा जगेडा कोष मजबुत

Feb 01, 2019 Merolagani

एनएमबी बैंक (NMB) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा एक अर्ब १० करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत पुस मसान्तको तुलनामा बैंकले १५.२८ प्रतिशतले खुद नाफा बढाएको हो।

गत पुस मसान्तसम्ममा बैकले ९६ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यस अवधिमा बैंकको खुद नाफामा १४ करोड ७१ लाख रुपैयाँले सुधार आएको हो। 

थप नयाँ साधारण शेयर (एफपिओ) बिक्रीबाट संकलित प्रिमियमबाट बैंकले आफ्नो जगेडा कोष चुक्ता पूँजीभन्दा मजबुत बनाएको छ। चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको चुक्ता पूँजी भन्दा जगेडा कोष ४९ कराेड बढी पुगेको छ । बैंकले गत २ आर्थिक वर्षको नाफाबाट वितरण गरेको बोनस भने पूँजीकरण गर्न बाँकी छ ।

चुक्ता पूँजी ८ अर्ब ७४ करोड ३७ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ९ अर्ब २४ करोड ३२ लाख रुपैयाँ सञ्चित छ । गत वर्षको यसै अवधिमा बैंकको जगेडा कोषमा ५ अर्ब ४० करोड ४८ लाख रुपैयाँ सञ्चित थियो । बैंकको जगेडा कोष ७१ प्रतिशतले बढेको हो ।

बैंकले प्रिमियम सहित प्रतिकित्ता ३३३ रुपैयाँमा एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ बिक्री गरेको थियो । जसबाट बैंकको जगेडा कोषमा उल्लेख्य सुधार आएको हो।

फ्रि प्रोफिटमा संकुचन

नेपाल फाइनान्सियल रिर्पोटिङ स्टयाण्डर्ड (एनएफआरएस) अनुसार बैंकले पुस मसान्तसम्ममा ९७ करोड ४८ लाख ५५ हजार रुपैयाँ वितरण योग्य नाफा (फ्रि प्रोफिट) गरेको छ । जुन गत वर्षको यसै अवधिको तुलनामा ३.२२ प्रतिशत अर्थात ३ करोड २४ लाख कम हो ।

गत वर्षको प्रथम त्रैमासमा बैंकको फ्रि प्रोफिट एक अर्ब ७२ लाख रुपैयाँ थियो ।

एनएफआरएस रिर्पोट अनुसार बैंकले एक अर्ब १० करोड ९९ लाख खुद नाफा आर्जन गरेकोमा १३ करोड ५० लाख रुपैयाँ रेगुलेटरी एड्जस्टमेन्ट वापत व्यवस्था गर्दा बैंकको लाभांश क्षमता खुद नाफाभन्दा घटेको हो ।

रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने फ्रि प्रोफिट केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरे पछि बैंकले शेयरधनीलाई लाभांश वितरण गर्न सक्नेछ ।

प्रतिशेयर आम्दानी स्थिर

गत आवको पुस मसान्तको तुलनामा चालू आवको यसै अवधिसम्म २ अर्ब २८ करोड २० लाख चुक्ता पूँजी बढाएको बैंकको प्रतिशेयर आम्दानी स्थिर रहेको छ । पूँजी वृद्धिको तुलनामा नाफा वृद्धिदर बढ्न नसक्दा इपिएस बढ्न नसकेको हो ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ५५ पैसा कायम भएको छ । गत वर्षको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ३३ पैसा थियो ।

नोट:रकमलाई हजारमा देखाइएको छ ।

निक्षेप संकलनभन्दा कर्जाको विस्तार धेरै

चालु आवको पुस मसान्तसम्ममा बैंकले निक्षेप संकलनमा भन्दा कर्जा लगानी जोड दिएको छ । यस अवधिमा बैंकको बचत संकलन ९.३३ प्रतिशतले बढ्दा कर्जा लगानी २१.५८ प्रतिशतले सुधार आएको हो ।

चालु आवको ६ महिना अवधिसम्ममा ८८ अर्ब ७ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ८५ अर्ब ३७ करोड ५६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । गत आवको यसै अवधिमा बैंकको निक्षेप ८० अर्ब ५५ करोड २६ लाख र कर्जा प्रवाह रकम ७० अर्ब २२ करोड ३१ लाख रहेको थियो ।

खुद ब्याज आम्दानी दुई अर्ब 

यस अवधिमा बैंकले पाँच अर्ब २८ करोड ४० लाख ब्याज आम्दानी गरि ३ अर्ब २७ करोड ८५ लाख ब्याज खर्च गरेको छ । यसबाट बैंकले दुई अर्ब ५५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

बैंकले आर्जन गरेको यो खुद ब्याज आम्दानी गत वर्ष यसै अवधिको तुलनामा ४९.२३ प्रतिशत अर्थात ६६ करोड १६ लाख रुपैयाँले धेरै हो। गत आवको पुस मसान्तमा बैंकको खुद ब्याज आम्दानी रकम एक अर्ब ३४ करोड ३९ लाख रुपैयाँ रहेको थियो ।

खराब कर्जा एक प्रतिशत तल

बैंकको निष्कृय कर्जा अनुपात घटेको छ । गत वर्षको यसै अवधिमा १.२० प्रतिशत रहेको निष्कृय कर्जा ०.७६ प्रतिशतमा झारेको छ । बैंकको प्रतिशेयर नेटवर्थ बढेर २०५ रुपैयाँ ७१ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात घटेर १२.७२ गुणा रहेको छ ।

यसरी प्रयोग गर्नुहोस् डेटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।